इ चितवन खबर
September 17, 2025
रौतहट। जेन जी आन्दोलनले देशभर अराजक परिस्थिति निम्त्याउँदा राजधानी सिंहदरबारदेखि जिल्लास्तरका सरकारी धरोहरहरू जलेर खरानी भए। रौतहटमा मात्रै दर्जनौँ सरकारी कार्यालय जलाइए, प्रहरी कार्यालय आक्रमणमा परे, सदरमुकाम गौर कारागारबाट सयौँ कैदी फरार भए। तर यही अराजक परिस्थितिमा एउटा प्रहरी कार्यालय भने एक इन्स्पेक्टरको साहस र रणनीतिकै कारण जोगियो।
उनी हुन् - नेपाल प्रहरीका इन्स्पेक्टर सुरेन्द्र यादव, जो इलाका प्रहरी कार्यालय (ईप्रका) बिजयपुरमा कार्यरत छन्। यादवको सुझबुझ, सौहार्दपूर्ण तरिकाले आन्दोलनकारीसँग संवाद गर्ने क्षमता र अन्तिम क्षणसम्म पनि नहारेको दृढताले बिजयपुर प्रहरी कार्यालयलाई जोगाउन सम्भव भएको हो।
बिहानैदेखि तनावपूर्ण वातावरण
गत २४ भदौ बिहानैदेखि करिब दुई सयको समूहमा जेन जी आन्दोलनकारी बिजयपुर बजार पुगे। नगरपालिका र थानाको अगाडि टायर बाल्दै नाराबाजी गरे। कार्यक्रम दिउँसो १२ बजे सकिए पनि वातावरण असामान्य रह्यो। त्यसअघि नै क्याम्पसका विद्यार्थी तयारी गरिरहेका खबर पाएपछि इन्स्पेक्टर यादवले विद्यार्थी नेता सोनु कुमार यादव र क्याम्पस प्रमुखसँग छलफल गरेर कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सहमति गराएका थिए।
बेलुकीमा चर्कियो तनाव
तर बेलुकी करिब ४ बजे पुनः तनाव बढ्यो। शिक्षक रविन्द्र यादवको नेतृत्वमा करिब २५ जनाको समूह पेट्रोल पम्पबाट इन्धन किनेर आगजनी गर्ने योजना बनाइरहेको सूचनापछि प्रहरी खटाएर पेट्रोल बिक्री रोकियो।
आन्दोलनकारी नगरपालिका पुग्दा त्यहाँ पहिले नै २० जना प्रहरी खटिसकेका थिए। सम्झाइएपछि उनीहरू तत्काल पछि हटे तर नाराबाजी जारी रह्यो। लगातार आक्रमणको प्रयास लक्ष्मिनिया तर्फबाट आएका अर्को समूहले उक्साइरहँदा आन्दोलनकारीले प्रहरीलाई ढुङ्गामुढा गर्दै थानामा आगो लगाउने धम्की दिन थाले। इन्स्पेक्टर यादवले कैदी र कागजात सुरक्षित गर्न टोलीसहित भित्रै बस्ने निर्णय गरे। आधा घण्टा लगातार सम्झाइ रहे पछि आन्दोलनकारी एक पटक पछि हटे तर ढुङ्गामुढा र आक्रमण ६–७ पटकसम्म दोहोरियो।
राति करिब ९:३० बजे आन्दोलनकारीले नयाँ माग राखे- “नगरपालिकाको गाडी थानाभित्र छ, बाहिर निकाल, जलाउँछौँ।” यादवले गाडी नभएको स्पष्ट गरे र उनीहरूलाई भित्र छिर्न अनुमति दिए। गाडी नभएको देखे पनि बाहिर निस्किएपछि आन्दोलनकारीले फेरि माग गरे- “नगरपालिकाका सबै गाडी प्रहरीमार्फत ल्याएर देऊ।”
यसपछि यादवले निष्कर्ष निकाले कि यी पछिल्ला समूह वास्तविक आन्दोलनकारी होइनन्। उनले कडा चेतावनी दिँदै प्रहरी परिचालनलाई कडा रूपमा उभ्याए। त्यसपछि आन्दोलनकारी अन्ततः पछि हटे र प्रहरी कार्यालय जोगियो।
प्रहरी प्रमुखको प्रशंसा
रौतहट प्रहरी प्रमुख एसपी नेत्र बिक्रम गिरीले इन्स्पेक्टर यादवको साहस र रणनीतिको खुलेरै प्रशंसा गर्दै भने— “त्यो रात उहाँले नसोचेको दृढता देखाउनुभयो, जसले गर्दा प्रहरी कार्यालय मात्र होइन, करोडौँको सम्पत्ति जोगियो।”
बिजयपुरको घटना एउटा स्पष्ट उदाहरण हो— संकटको घडीमा नेतृत्व, साहस र समयमै गरिएको निर्णयले ठूला दुर्घटना टार्न सक्छ। जेन जी आन्दोलनले रौतहटमा दर्जनौँ सरकारी संरचना जलाउँदा कुनै पनि स्थानीय नेतृत्व अघि नआएको अवस्थामासमेत इन्स्पेक्टर यादव एक्लै अगाडि आए।
उनको रणनीति तीन बुँदामा केन्द्रित देखियो:-
१. समन्वय: विद्यार्थी नेता र क्याम्पस प्रशासनसँग संवाद गरी पहिलो दिनको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सहमति।
२. पूर्वतयारी: सम्भावित जोखिम पहिचान गर्दै पेट्रोल बिक्री रोक्ने निर्णय।
३. निर्णायक दृढता: अन्तिम क्षणमा कठोर चेतावनी दिएर कार्यालयलाई जोगाउनु।यो घटनाले सुरक्षा निकायभित्र स्थानीय स्तरमै नेतृत्व क्षमतायुक्त अधिकृतको भूमिकाले कस्तो प्रभाव पार्छ भन्ने प्रमाणित गरेको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .