भरतपुरमा होटल ‘लर्डस’ सिबिसी प्लाजा र सपिङ स्टोर ‘सेल्सबेरी’ एकैसाथ सञ्चालनमा

इ चितवन खबर

September 22, 2025

चितवन। चितवनमा होटल ‘लड्र्स’ सिबिसी प्लाजा र सपिङ स्टोर ‘सेल्सबेरी’ एकसाथ सञ्चालनमा आएका छन् । भरतपुर १०, विमानस्थल अगाडि एउटै भवनबाट होटल र सपिङ्ग स्टोर सञ्चालनमा आएका हुन् । चितवन विजनेश कम्प्लेक्स होटल प्रा.लि. (सिविसी) र चितवन विजनेशन मार्टले सञ्चालन गरेको सेल्सवेरीले पत्रकार सम्मेलनको आयोजना गरी दुवै सेवा एकसाथ सञ्चालनमा आएको जनाएको हो । चितवन विजनेश कम्प्लेक्स होटल प्रा.लि. (सिविसी) का कार्यकारी अध्यक्ष दिनुप बरालले एक लाख सात हजार स्क्वायरफिटमा फैलिएको कम्प्लेकसमा यी सेवा सञ्चालन गरिएको बताउनुभयो ।

 

उहाँका अनुसार दुई तला अण्डरग्राउण्ड सहित ११ तल रहेको उक्त कम्प्लेक्समा अण्डरग्राउण्ड दुई तलामा पार्किङ, तीन तलामा सेल्सवेरी, छ वटा तलामा होटल सञ्चालन गरिएको छ । अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त अमेरिका, भारत, नेपाल लगायतका विभिन्न देशहरुमा चेन होटल सञ्चालन गरेको ीयचमक (लड्र्स) हस्पिटालिटीसँगको सहकार्यमा होटल सञ्चालनमा ल्याईएको बरालले बताउनुभयो । उहाँले भन्नुभयो “होटलमा ५८ वटा कोठा रहेका छन् । ती मध्ये प्रेसिडेन्टियल एक, स्वीट तीन, सुपर डिलक्स १०, प्रिमियम १५ र बाँकी स्टान्डर्ड कोठा रहेका छन् ।” होटल शुभारम्भको अवसरमा सन् २०२५ भरी २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उहाँको भनाई छ ।

 

होटलमा पाँच सय क्षमताको सभा कक्ष, एक सय क्षमताको कन्फ्रेन्स हल, ३० जना क्षमताका तीन वटा बैठक कक्ष रहेको भन्दै कार्यकारी अध्यक्ष बरालले भन्नुभयो “रेष्टुरेन्टमा बाहिर र भित्र गरी १२५ जना एकै पटक बसेर सेवा लिन सक्ने क्षमता रहेको छ ।” भवनको माथिल्लो तलामा स्वीमिङ पुल छिट्टै सञ्चालनमा आउने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

 

कम्प्लेक्सको तीन वटा तलामा सेल्सवेरीको ३८ औं शाखा सञ्चालनमा आएको भन्दै उहाँले भन्नुभयो “ग्रोसरी, हाउसवयर, इलेक्ट्रोनिक्स, कस्मेटिक्स, मदिरा (लिक्वायर) लगायत घरायसी सम्पूर्ण सामग्री सेल्सवेरीमा रहेका छन् ।” कपडा, फर्निचर लगायतका सामग्री निकट भविष्यमा उपलब्ध हुने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “सेल्सवेरीमा दसैं तिहारको अवसरमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेका छौं ।” भवनको अण्डरग्राउण्ड दुई तलामा पार्किङ्गको व्यवस्था गरिएको भन्दै उहाँले जहाँ चार पाङ्ग्रे (कार) ८० वटा र दुई पाङ्ग्रे (मोटरसाईकल स्कुटर) दुई सय वटा पार्किङका लागि सहज व्यवस्था रहेको बताउनुभयो ।

 

उक्त भवन र होटलमा गरी कूल एक सय ६० करोड रुपैयाँ लगानी भएको जानकारी दिंदै बरालले सेल्सबेरीमा भने छुट्टै २५ करोड रुपैयाँ लगानी रहेको बताउनुभयो । यहाँका स्थानीय १८ जना व्यवसायीहरुको लगानी रहेको छ यो व्यवसायमा लक्ष्मी सनराईज बैंकसँग सहकार्य गरिएको छ ।

 

तीब्र गतिमा विकास भईरहेको चितवनमा समयसापेक्ष व्यवसाय विस्तार गर्ने क्रममा यसमा लगानी गरिएको उहाँको भनाई छ । आम उपभोक्ताको ‘सपिङ्ग कल्चर’लाई मध्यनजर गर्दै उहाँहरुकै चाहना अनुरुपको सेवा सुविधा विस्तार गर्दै लैजाने योजना कम्पनीको रहेको बरालको भनाई छ ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( १००% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .