राजमार्ग अवरोध भए पनि खसीबोका किनबेच यथावत्

इ चितवन खबर

September 29, 2025

काठमाडौँ । लगातारको वर्षाका कारण पृथ्वीराजमार्गको मुग्लिन क्षेत्र र बिपी राजगमार्गसहित अन्य मार्गमा यातायात सहज नहुँदा गत वर्षको तुलनामा यो वर्ष खसीबोकाको भाउ केही बढी भए पनि किनबेचमा असर परेको छैन । मुलुकका धेरैतिर पहिरोका कारण बाटोको समस्या र यात्रुवाहक बसमा ढुवानी गर्न  नपाइने व्यवस्थाका कारण बेग्लै ट्रकमा हालेर ल्याउँदा खसी बोकाको भाउ गत वर्षभन्दा केही बढेको व्यवसायीले बताएका छन् ।

 

यो वर्ष गत वर्षको तुलनामा प्रतिकिलो करिब रु २५ का दरले भाउ बढेको व्यवसायीहरु बताउँछन् । गत वर्ष जिउँदो खसी प्रतिकिलो रु सात सयदेखि रु सात सय २५ सम्ममा बिक्री भएकामा यो वर्ष  रु सात सय ५० मा बिक्री भएको पाइएको छ । किसानले मूल्यवृद्धिको लाभ पाएका छन् ।  किसानका गोठबाट व्यापारीले प्रतिकिलो रु ६१० ले बेचेका छन् । 

 


काठमाडौँको टुकुचाका साथै कलंकी, दहचोक, कालिमाटी, लोकन्थली, सल्लाघारी, चाबहिललगायत क्षेत्रका तोकिएका स्थानमा दसैँका लागि खसीबोका किनबेच गरिन्छ । आज नवरात्रीको सातौँ दिन फूलपातीका अवसरमा यी क्षेत्रमा धमाधम खसी किन्ने र मोलतोल गर्नेको भिड देखिन्छ ।

 


'अहिले बसको डिकीमा खसी बोकालाई हाल्न दिइँदैन । ट्रकमा हालेर ल्याउँदा केही महँगो परेको छ । यसको लाभ किसानले पनि पाएका छन् । दसैमा काठमाडौँको बजारलाई चाहिले जति खसी बोकोको व्यवस्थापन हामीले मिलाउन कोसिस गरिरहेका छौँ,' काठमाडौँका टुकुचास्थित पशुचौपाया खरिबबिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीले भने, 'लगातारको वर्षा र ठाउँ ठाउँमा पहिरो र अवरोधका कारण हामीलाई असुविधा भने परिरहेको छ ।’

 

काठमाडौँमा दसैँका अवसरमा बर्सेनि सिन्धुली, रामेछाप, ओखलढुङगा, खोटाङ, उदयपुर, इलाम, रोल्पा, रुकुमबाट खसी बोका ल्याइने गरेका छन् । भेडा च्याङ्ग्रा भने गोरखा, मनाङ, मुस्ताङलगायत जिल्लाबाट ल्याइन्छ । दसैँलाई लक्षित गरी टुकुचा खसी बजारमा हालसम्म करिब नौ हजारको सङ्ख्यामा खसीबोका ल्याइसकिएको छ ।

 

टुकुचा बजारमा खरिदबिक्रीका लागि अहिले एक हजार बढी खसीबोका राखिएका छन् । यसवर्ष जीउँदो च्याङ्ग्रा भने प्रतिकिलो एक हजार २५० मा बिक्री भइरहेको छ । बाटो अवरुद्ध भएकाकारण व्यापारी र किसानले विगतको जस्तो सजिलोसँग खसीबोका ल्याउन सकेका छैनन् ।

 

मासुका लागि खोटाङ, सिन्धुली, उदयपुरको खसी राम्रो मानिन्छ । अहिले बजारमा ९० किलोसम्मको खसी आएको ‘रेकर्ड’ छ । मासुका लागि तराईको तुलनामा पहाडको खसी राम्रो मानिन्छ । अझ लेकमा चरेको खसी बढी गुणस्तर हुनेगर्छ । विगतको जस्तो धेरै मोटो खसीबोका खोज्ने उपभोक्ताको सङ्ख्या कम छ । अहिले दाना नखुवाएका चरनका खसी बोका उपभोक्ताको रोजाइमा पर्दै आएका छन् । टुकुचा बजारमा खसीको स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको, स्वथ्य खसीलाई हरियो, बिरामी खसीलाई रातो रङ दिइएको छ ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .