चितवनमा अझै फर्किएनन् फरार १५६ कैदीबन्दी

इ चितवन खबर

October 08, 2025

चितवन।  जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै १५६ जना फर्किएका छैनन् । कारागार कार्यालयले असोज २० गतेसम्म कारागार नफर्किए कारबाही हुने भन्दै सूचना जारी गरे पनि हालसम्म उनीहरू नफर्किएको कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाले तोकिएको समयभित्र ५७८ जना कैदीबन्दी फर्किएका छन् । जसमध्ये  ५३९ जना पुरुष र ३७ जना महिला रहेका छन् । उनीहरूसँग दुई जना नाबालक पनि फर्किएका छन् ।  भागेका कैदीबन्दीमध्ये ६० जनाको परिवारसँग सम्पर्क हुन सकेको र अरूको हकमा परिवारसँग सम्पर्क भए पनि नफर्किएको उनले बताए ।


‘जेनजी’ आन्दोलनका क्रममा भदौ २५ गते यस कारागारबाट ७४२ जना कैदीबन्दी भागेका थिए । उनीहरूलाई पटक–पटक सूचना जारी गरी सम्पर्कमा आउन भनिएको थियो । यहाँबाट भागेका आठ जना कैदीबन्दीमध्ये चारजना भैरहवा कारागार, धादिङ, सुर्खेत, बागलुङ र नुवाकोट कारागारमा एक/एक जना पुगेका छन् ।


यस्तै, कारागार कार्यालय चितवनमा पनि विभिन्न जिल्लाबाट भागेका २१ जना कैदीबन्दी आएका कार्यालय प्रमुख ढुङ्गानाले बताए । कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएकालाई अब कारागार ऐन र प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए । यस्तै, फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने जनाइएको छ ।  


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

October 07, 2026

कांग्रेसको १५औँ महाधिवेशन : बिहीबार बिहान १० बजेदेखि मतदान

October 07, 2026

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

October 06, 2026

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

October 06, 2026

कांग्रेस १५ औँ महाधिवेशन : मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

October 06, 2026

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : संयोजक दाहाल

October 04, 2026

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : सभापति थापा

October 04, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .