उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

चितवन । यहाँका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् ।  नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको जनाउँदै उद्योग वाणिज्य सङ्घ चितवनको टोलीले सोमबार सभापति लामिछानेसँग भेट गरेका छन् ।


टोलीले नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, तटबन्धनसहित तत्काल आवश्यक पहल गर्न माग गरेको सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताउनुभयो । टोलीले चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका सभापति  लामिछानेलाई भेटेर नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका विषयमा ध्यानाकर्षण गराएको हो ।


उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, निवर्तमान अध्यक्ष समेत रहनुभएका उद्योग बाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुमन श्रेष्ठलगायतको टोलीले नारायणी नदीका कारण उत्पन्न जोखिमको तत्काल प्राविधिक अध्ययन गर्न माग गरेको उहाँले बताउनुभयो । व्यवसायीहरूले राज्यका सम्बन्धित निकायबाट प्राविधिक टोली तत्काल खटाई नदी कटान, तटबन्धनको अवस्था र सम्भावित जोखिमको अध्ययन गर्न आवश्यक पहल गरिदिन समेत सभापति लामिछानेलाई आग्रह गरेको छ ।
 

व्यवसायीको आग्रहपछि सभापति लामिछानेले सम्बन्धित मन्त्री तथा सरकारी निकायसँग समन्वय गरी प्राविधिक अध्ययनपछि प्रभावकारी तटबन्धन निर्माण र नदी व्यवस्थापनको काम अघि बढाउने प्रतिबद्धता जनाउनुभएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । सभापति लामिछानेले छिट्टै टोली पठाएर अध्ययन गरी काम अघि वढ्ने आश्वासन दिनुभएको अध्यक्ष सुवेदीले  राससलाई जानकारी दिनुभयो ।

मतपत्र छपाइ सकियो
गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता :लुम्बिनी र मधेस प्रदेश भिड्दै
पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान
निर्वाचन १६ दिन बाँकी : बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
काठमाडौँ-५ मा प्रमुख दलका नेताकै बढी चर्चा
‘महिला, ज्येष्ठ नागरिक र अशक्त मतदातालाई सहज वातावरण बनाऔँ’
निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
घरजग्गा कारोबारबाट गत माघमा पाँच अर्ब राजस्व सङ्कलन
बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च नगर्न नगराउन आयोगको निर्देशन
प्रतिनिधिसभा निर्वाचन : जुलुस र आमसभा सभ्य रुपमा गर्नुपर्ने
मतदातालाई रिझाउन रणनीति तयार गर्दै उम्मेदवार : चितवनमा भोलिदेखि थप चुनावी प्रचार
मुग्लिन–मलेखु सडक : ११ किलोमिटर कालोपत्र पूरा
जनअपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य हो : सभापति गगनकुमार थापा
पठन संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले ग्रीनल्याण्ड पब्लिक स्कुलमा “पठन संस्कृति उत्सव” भब्य रुपमा सम्पन्न
महाशिवरात्रिमा गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
भरतपुरबाट जहाजले इन्धन भर्ने व्यवस्था गरिँदै
१४२ निर्वाचन क्षेत्रका एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ सकियो
देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की
भरतपुरमा “सौन्दर्य ब्यूटी पार्लर एण्ड कस्मेटिक” शुभारम्भ
किड्स वर्ल्ड मन्टेश्वरीमा एकदिने नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान
एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
२०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस : ओम शान्ति एकेडेमीले तीन दिनसम्म कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदै
ओम शान्ति एकेडेमीको २०औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
ओम शान्ति एकेडेमीमा माघ २३ गते खुला रक्तदान कार्यक्रम हुने
चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप
स्वास्थ्य बिमामा देखिएका समस्या समाधान हुन्छ : प्रधानमन्त्री कार्की
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
निर्वाचन २९ दिन बाँकी : समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .