इ चितवन खबर
February 14, 2026
चितवन । भरतपुर १२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलमा पठन संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको “पठन संस्कृति उत्सव” कार्यक्रम भव्य र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। भरतपुर–१२ स्थित विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रमले विद्यार्थी, अभिभावक र शिक्षकबीच पुस्तकप्रतिको मोह र ज्ञानप्रतिको आकर्षणलाई थप सुदृढ बनाएको छ।
कार्यक्रममा विद्यार्थीहरुले वर्षभर अध्ययन गरेका पुस्तकहरु प्रदर्शनीमा राखेका थिए । यस्तै उनीहरुले विभिन्न कृतिमा आधारित तथा अन्य नाटकहरु पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा कथा क्रम, चित्र वर्णन, पुस्तक पठन, शब्द निर्माण, उल्टो अर्थ खेल, वर्ण र मात्रा मेल, नाटक प्रदर्शनलगायत बिशेष आकर्षणको रुपमा रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ब्याप्सन बागमती प्रदेश सल्लाहार टिकाराम चापागाईले पठन संस्कृति बिकास गर्नुपर्नेमा जोड दिए । उनले बालबालिकामा पठन संस्कृति बिकास गर्न अभिभावकमा पढ्ने बानीको बिकास हुन आवश्यक रहेको औंल्याए ।
कार्यक्रमकी विशिष्ठ अतिथि एजुकेशन फर नेक्स्ट जेनकी कार्यक्रम निर्देशक कबिता अर्यालले पठन संस्कृतिले विद्यार्थीमा आत्मविश्वास बढ्ने बताईन् । विद्यार्थीमा पठन संस्कृति बिकास गर्न शिक्षकसँगै अभिभावकको पनि भूमिका महत्त्वपूर्ण हुने उनले बताईन् । उनले ग्रीनल्याण्डले नमूना काम गरेको भन्दै स्कुलको प्रशंसा पनि गरिन् ।
पठन संस्कृतिले विद्यार्थीहरुमा आत्मविश्वास बढेको स्कुलकी प्राचार्य ईन्दिरा कार्कीले बताईन् । स्कुलले पठन संस्कृति अपनाएपछि विद्यार्थीहरुमा धेरै परिवर्तन आएको कार्कीको भनाई थियो । उनीहरुमा सकारात्मक सोच, आत्मविश्वास, रूचीलगायतका परिवर्तन देखिएको उनले बताईन् । यसले विद्यार्थीहरुमा पुस्तक पढ्ने बानीको बिकास भएको पनि उनले बताईन् ।
शिक्षामा रुपान्तरणका लागि पठन संस्कृति कोशेढुङ्गा बन्ने उनको भनाई थियो । स्कुलले सधैं यस्ता कार्यक्रमलाई जोड दिदै आएको पनि उनले बताईन् । स्कुलका सह प्राचार्या उपेन्द्र आचार्यले ग्रीनल्याण्ड शिक्षामा रुपान्तरणको यात्रामा अघि बढेको बताए ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 03, 2026
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .