ओम शान्ति एकेडेमीको २०औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

इ चितवन खबर

February 09, 2026

चितवन। विद्यालयको २०औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर ओम शान्ति एकेडेमीमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल युवा रेडक्रस सर्कल, ओम शान्ति एकेडेमीको आयोजनामा “रक्तदान जीवनदान” भन्ने मानवीय सन्देशलाई आत्मसात् गर्दै विद्यालय परिसरमै उक्त कार्यक्रम सञ्चालन गरिएको हो।


सामाजिक उत्तरदायित्व, मानवता र सेवाभावको उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालयका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा २९ जना महिला र ६२ जना पुरुष गरी जम्मा ९१ जनाले रक्तदान गर्नु भएको थियो। 

 

नेपाल युवा रेडक्रस सर्कल, ओम शान्ति एकेडेमीले आफ्नो स्थापनाकालदेखि नै प्रत्येक वर्ष नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ। सर्कलले रक्तदान मात्र नभई मानव जीवनसँग सम्बन्धित विभिन्न सामाजिक तथा सेवामूलक गतिविधिहरूलाई निरन्तरता दिँदै आएको छ।  ने. यु. रे. स. अध्यक्ष सियाना श्रेष्ठले भविष्यमा पनि समाजसेवाका विविध कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

त्यसैगरी संस्थाका संरक्षक टेक बहादुर श्रेष्ठले सबै सचेत नागरिकहरूलाई यस्ता पुण्य कार्यमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो। उहाँले रक्तदान जस्तो महत्वपूर्ण कार्यले धेरैको जीवन बचाउन सक्ने भएकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूमा उपस्थित भई रक्तदान गर्न सबैलाई हार्दिक अनुरोध गर्नुभयो।

 

ओम शान्ति एकेडेमीमा सम्पन्न उक्त रक्तदान कार्यक्रमले विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यलाई मजबुत बनाउनुका साथै मानवता र सेवाभावको सशक्त सन्देश प्रवाह गर्न सफल भएको सहभागीहरूले बताएका छन्।

 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

October 06, 2026

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

October 06, 2026

कांग्रेस १५ औँ महाधिवेशन : मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

October 06, 2026

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : संयोजक दाहाल

October 04, 2026

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : सभापति थापा

October 04, 2026

यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

October 04, 2026

धानबालीमा रोग-कीराको समस्या : किसान चिन्तित

October 03, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .