२०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस : ओम शान्ति एकेडेमीले तीन दिनसम्म कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदै

इ चितवन खबर

February 10, 2026

चितवन। चितवनको भरतपुर-१० कटहरचोकस्थित ओम शान्ति एकेडेमीले तीन दिनसम्म कार्यक्रम गर्दै भव्य रुपमा वार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले माघ २८ देखि फागुन १ गतेसम्म विद्यार्थीहरुबीच विविध कार्यक्रम गरी २०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन लागेको हो । 

 

विद्यालयका प्राचार्य टेकबहादुर श्रेष्ठले विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुले आफूमा भएको प्रतिभा सामूहिक रुपमा प्रस्तुतीकरण गर्ने भएकाले तीन दिने कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागिएको बताउनुभयो । विद्यार्थीहरुले लोक संस्कृति, भेषभूषा आदि प्रदर्शन गर्नुका साथै शैक्षिक प्रदर्शनी, चित्रकला तथा हस्तकला प्रदर्शनी र स्काउट गतिविधि प्रस्तुत गर्ने श्रेष्ठले बताउनुभयो । तीनै दिनसम्म विद्यार्थी र शिक्षकहरुले बनाएको शैक्षिक सामग्री समेत प्रस्तुत गरिने श्रेष्ठको भनाइ छ । 


विद्यार्थीहरुबीच व्यक्तिगत कुनै पनि प्रस्तुती नहुने भन्दै उहाँले माघ २८ गते कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुको प्रस्तुती रहने बताउनुभयो । त्यस्तै माघ २९ गते कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुको प्रस्तुती रहने तथा फागुन १ गते कक्षा ४ देखि कक्षा ७ सम्मका विद्यार्थीहरुको प्रस्तुती रहने जानकारी दिनुभयो । सो अवसरमा विद्यार्थीहरुद्वारा नृत्य, सांगीतिक कार्यक्रम, गायन, नाटकलगायत प्रस्तुती राख्ने बताइएको छ । 


विद्यालयमा करिब दुई हजार विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयले विशेष समारोहका बीच फागुन १ गते बिहान १०ः३० बजे वार्षिकोत्सव कार्यक्रमको समापन गर्ने जनाइएको छ ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

October 06, 2026

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

October 06, 2026

कांग्रेस १५ औँ महाधिवेशन : मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

October 06, 2026

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : संयोजक दाहाल

October 04, 2026

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : सभापति थापा

October 04, 2026

यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

October 04, 2026

धानबालीमा रोग-कीराको समस्या : किसान चिन्तित

October 03, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .