किड्स वर्ल्ड मन्टेश्वरीमा एकदिने नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

इ चितवन खबर

February 13, 2026

   
 चितवन। भरतपुर–१२, चितवन स्थित किड्स वर्ल्ड मन्टेश्वरीद्वारा आज एकदिने नि:शुल्क आँखा जाँच कार्यक्रम सम्पन्न गरिएको छ। प्राचार्य सावित्री सुवेदी खनालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवात प्रवन्ध निर्देशक निरु सिग्देल खतिवडाले स्वागत मन्तव्य व्यक्त गर्दै गर्नु भएको थियो। मन्तव्यका क्रममा उहाँले बालबालिकाको सर्वाङ्गीण विकासका लागि आँखाको स्वास्थ्य अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै यस्ता स्वास्थ्य शिविरहरू विद्यालयस्तरमै सञ्चालन गर्नु समयको आवश्यकता भएको उल्लेख गर्नुभयो।

 

“स्वस्थ र सुरक्षित आँखा नै मानिसको अमूल्य सम्पत्ति र सौन्दर्यताको प्रतीक हो” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त शिविर भरतपुर आँखा अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर तथा दक्ष स्वास्थ्यकर्मीहरूको टोलीद्वारा सञ्चालन गरिएको थियो। शिविरमा बालबालिकाको आँखासम्बन्धी समस्या पहिचान, प्रारम्भिक परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिएको थियो।
एकदिने शिविरमा करिब ८८ जना विद्यार्थीहरूको नि:शुल्क आँखा परीक्षण गरिएको विद्यालयले जनाएको छ। परीक्षणका क्रममा केही विद्यार्थीमा सामान्य दृष्टिदोष, आँखामा एलर्जी तथा डिजिटल उपकरणको अत्यधिक प्रयोगका कारण देखिने समस्याहरू फेला परेका थिए। त्यस्ता विद्यार्थीलाई थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्न सिफारिससमेत गरिएको छ।

 

कार्यक्रममा नेत्र विशेषज्ञहरूले आँखाको महत्त्वबारे प्रकाश पार्दै बाल्यकालमै नियमित आँखा परीक्षण गरिनु आवश्यक रहेको बताएका थिए। आँखामार्फत् नै बालबालिकाले सिक्ने, बुझ्ने र संसारलाई नियाल्ने भएकाले आँखामा समस्या आएमा उनीहरूको शैक्षिक तथा मानसिक विकासमा समेत असर पर्ने चिकित्सकहरूको भनाइ थियो।

 

त्यसैगरी आँखालाई सुरक्षित राख्न अपनाउनुपर्ने उपायहरूबारे पनि जानकारी दिइएको थियो। चिकित्सकहरूले मोबाइल, ट्याबलेट तथा टेलिभिजनको अत्यधिक प्रयोगबाट टाढा रहन, पर्याप्त उज्यालोमा पढ्ने बानी बसाल्न, आँखामा धुलो–धुवाँ पर्न नदिन सावधानी अपनाउन तथा भिटामिन ‘ए’युक्त खाना जस्तै हरियो सागसब्जी, गाजर, फलफूल नियमित सेवन गर्न सुझाव दिएका थिए। साथै आँखामा कुनै समस्या देखिएमा लापरवाही नगरी समयमै चिकित्सकको परामर्श लिन आग्रह गरिएको थियो।

कार्यक्रममा प्राचार्य सावित्री सुवेदी खनालले सहभागी चिकित्सक टोली, अभिभावक तथा विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विद्यालय केवल अध्ययन-अध्यापनको केन्द्र मात्र नभई बालबालिकाको स्वास्थ्य र सुरक्षामा पनि जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो।
यस प्रकारका नि:शुल्क स्वास्थ्य शिविरहरूले बालबालिकाको प्रारम्भिक स्वास्थ्य समस्या पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालयले लिएको छ


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

October 06, 2026

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

October 06, 2026

कांग्रेस १५ औँ महाधिवेशन : मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

October 06, 2026

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : संयोजक दाहाल

October 04, 2026

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : सभापति थापा

October 04, 2026

यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

October 04, 2026

धानबालीमा रोग-कीराको समस्या : किसान चिन्तित

October 03, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .