चितवन। नेपालका लागि सीजी मोटोकर्पले आफ्नो बहुप्रतीक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल ‘सुजुकी ई-भिटारा’ को बुकिङ औपचारिक रूपमा खुला गरेको छ। चितवनका लागि सुजुकी मोटर्सको आधिकारिक डिलर साध्भी इन्टरनेशनल प्रा.लिले चितवन अटो शोमा ‘सुजुकी ई-भिटारा’ को औपचारिक घोषणा गरेको हो।
साध्भी इन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक सुरजराज जोशीले विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै यो मोडल नेपाली बजारका लागि उपयुक्त विकल्प हुने विश्वास व्यक्त गरेका छन्। गाडीको बुकिङ खुला भए सँगै चितवन क्षेत्रमा विद्युतीय सवारी प्रयोगलाई थप प्रवर्द्धन हुने विश्वास लिइएको छ।
जापानी अटोमेकर सुजुकीले नेपाली बजारलाई लक्षित गरी भित्र्याएको यो पहिलो प्रिमियम विद्युतीय गाडी हो । जसको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार यो विशेष मूल्य सीमित अवधिका लागि मात्र लागु हुनेछ।
नयाँ हार्टेक्ट(ई प्लेटफर्ममा निर्माण गरिएको ई-भिटारामा जापानी विश्वसनीयता र अत्याधुनिक इन्जिनियरिङको उत्कृष्ट संयोजन पाइन्छ। यो गाडी ४९ किलोवाट घण्टा र ६१ किलोवाट घण्टाका दुई शक्तिशाली ब्याट्री विकल्पहरूमा उपलब्ध छ। एक पटकको फुल चार्जमा ५०० किलोमिटरभन्दा बढीको रेन्ज दिने यो गाडीमा इको, नर्मल र स्पोर्ट्सका साथै हिउँ परेको बाटोका लागि विशेष स्नो टेरेन मोड पनि समावेश गरिएको छ।
गाडीको बाहिरी बनावट निकै मस्कुलर र बोल्ड छ, जसमा १८ इन्चको एरोडाइनामिक एलोय ह्वील, थ्री-पोइन्ट म्याट्रिक्स एलईडी डीआरल र प्रोजेक्टर हेडल्याम्पले आकर्षक लुक्स दिएका छन्। सुरक्षाका दृष्टिकोणले पनि ई-भिटारालाई निकै सबल बनाइएको छ। यसमा लेभल २ एडास प्रविधि, ७ वटा एयरब्याग, चारै पाङ्ग्रामा डिस्क ब्रेक र टायर प्रेसर मोनिटरिङ सिस्टमजस्ता विशेषताहरू छन्।
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .