चितवनमा ‘सुजुकी ई-भिटारा’ को बुकिङ खुला

चितवन। नेपालका लागि सीजी मोटोकर्पले आफ्नो बहुप्रतीक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल ‘सुजुकी ई-भिटारा’ को बुकिङ औपचारिक रूपमा खुला गरेको छ। चितवनका लागि सुजुकी मोटर्सको आधिकारिक डिलर साध्भी इन्टरनेशनल प्रा.लिले चितवन अटो शोमा ‘सुजुकी ई-भिटारा’ को औपचारिक घोषणा गरेको हो।

 

साध्भी इन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक सुरजराज जोशीले विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै यो मोडल नेपाली बजारका लागि उपयुक्त विकल्प हुने विश्वास व्यक्त गरेका छन्। गाडीको बुकिङ खुला भए सँगै चितवन क्षेत्रमा विद्युतीय सवारी प्रयोगलाई थप प्रवर्द्धन हुने विश्वास लिइएको छ। 


जापानी अटोमेकर सुजुकीले नेपाली बजारलाई लक्षित गरी भित्र्याएको यो पहिलो प्रिमियम विद्युतीय गाडी हो । जसको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार यो विशेष मूल्य सीमित अवधिका लागि मात्र लागु हुनेछ।


नयाँ हार्टेक्ट(ई प्लेटफर्ममा निर्माण गरिएको ई-भिटारामा जापानी विश्वसनीयता र अत्याधुनिक इन्जिनियरिङको उत्कृष्ट संयोजन पाइन्छ। यो गाडी ४९ किलोवाट घण्टा  र ६१ किलोवाट घण्टाका दुई शक्तिशाली ब्याट्री विकल्पहरूमा उपलब्ध छ। एक पटकको फुल चार्जमा ५०० किलोमिटरभन्दा बढीको रेन्ज दिने यो गाडीमा इको, नर्मल र स्पोर्ट्सका साथै हिउँ परेको बाटोका लागि विशेष स्नो टेरेन मोड पनि समावेश गरिएको छ। 


गाडीको बाहिरी बनावट निकै मस्कुलर र बोल्ड छ, जसमा १८ इन्चको एरोडाइनामिक एलोय ह्वील, थ्री-पोइन्ट म्याट्रिक्स एलईडी डीआरल र प्रोजेक्टर हेडल्याम्पले आकर्षक लुक्स दिएका छन्। सुरक्षाका दृष्टिकोणले पनि ई-भिटारालाई निकै सबल बनाइएको छ। यसमा लेभल २ एडास प्रविधि, ७ वटा एयरब्याग, चारै पाङ्ग्रामा डिस्क ब्रेक र टायर प्रेसर मोनिटरिङ सिस्टमजस्ता विशेषताहरू छन्।  

सुनको भाउ स्थिर रहदाँ चाँदी भाउ भने बढयो
पेट्रोलियम पदार्थको मूल्यो घट्यो
नेपाल लेयर्स कुखुरापालक संघद्वारा अण्डाको मूल्य बढाउने निर्णय
आज बढ्यो सुन चाँदीको भाउ २ सय रुपैयाँले बढ्याे, कतिमा हुँदैछ कारोबार ?
७ हजार बढीले घटयो सुनको मुल्य
काठमाडौं महानगरमा चैतसम्ममा ७ अर्व २१ करोड राजस्व संकलन
तीन हजार बढी करदाताले बुझाएनन् विवरण
सुनकाे भाउ एकै दिन ६ हजार ९ सयले बढयाे
यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५० करोडको ऋणपत्र आजबाट बिक्री खुला
कुमारी बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
आज सुनको भाउ ८०० रुपैयाँले घट्यो, चाँदी भने स्थिर
सुनको मुल्य २७ रूपैयाँले बढयो, पुग्यो १ लाख ८७ हजार
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन
सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम
सुन चाँदी दुबैको घटयो मुल्य
नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम
विश्वको सबैभन्दा महंगो 'निलाे हिरा' को हुदैँछ लिलामी
एकैदिन सुनको भाउ ५ हजार ७ सयले बढयो
नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द
चैते दसैँमा बागलुङ कालिका मन्दिरमा ४२ लाख भेटी सङ्कलन
अटोमोबाईल क्षेत्र आन्तरिक रोजगार दिने ठूलो क्षेत्र हो : श्रम मन्त्री
चितवनका २७९ उद्योग बन्द
मैले रेलको कुरा गर्दा उडाउँथे, अहिले जनकपुरमा चल्याे त, सपना देख्नु पर्छ : प्रधानमन्त्री
सुन ७ सय रूपैयाँले घटदा चाँदीको भाउ भने बढयो
नारायणगढ–बुटवल सड्क : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने
जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर दुई पटक भूकम्पको धक्का
विभागको अनुगमन तीब्र, ७ फर्मलाई कागजातसहित उपस्थित हुन निर्देशन
सुनको भाउ बढेको बढयै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र
काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .