पद छोटो, कामको प्रभाव दीर्घकालीन : ९ महिना १६ दिनमा उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा के गरे ?

इ चितवन खबर

September 13, 2026

चितवन । राजनीतिमा पदावधि भन्दा पनि त्यो अवधिमा नेताले जनमुखी काम र परिवर्तन गर्न सक्यो कि सकेन भन्ने प्रश्न बढी महत्वपुर्ण हुन्छ । स्वास्थ्यजस्तो प्रत्यक्ष रूपमा नागरिकको जीवनसँग जोडिएको क्षेत्रमा तत्कालिन बागमती प्रदेश मन्त्री उत्तम जोशीले गरेको कामको मूल्यांकन उहाँको कार्यकालमा भएका निर्णय, नीति र त्यसको प्रभावबाट देखिएको छ ।


२०८० जेठ ७ गते बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय सम्हाल्ने अवसर पाएका उत्तम जोशीको कार्यकाल लामो थिएन तर छोटो अवधिमै प्रदेशका नागरिकले प्रत्यक्ष अनुभुति गर्ने कार्यक्रम तथा नीतिलाई प्राथमिकतामा राखेका जोशीले गरेको कामको प्रभाव प्रदेश भित्रका स्वास्थ्य संस्थाहरुमा दशकौसम्म रहने देखिन्छ ।


९ महिना १६ दिनको कार्यकालमा जोशीले प्रदेश भित्रका नागरिकको उपचारमा पहुँच विस्तारदेखि रोगको रोकथाम, अस्पतालको क्षमता वृद्धि, स्वास्थ्य पूर्वाधार निमार्ण, स्वास्थ्य बीमा, आपत्कालीन सेवा र नीतिगत सुधारसम्मका विभिन्न क्षेत्रमा काम अघि बढाएको पाईन्छ । अवधि छोटो भएता पनि प्रदेशका नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी काम गर्ने उदेश्य राखेर अगाडि बढेका कारण आफ्नो कार्यकाल पुर्ण सफल र प्रभावकारी भएको जोशीको भनाई रहेको छ ।


भौगोलिक विकटताका कारण ज्यान गुमाउन बाध्य दुर्गम क्षेत्रका गर्भवती महिलाको उपचारका लागि निःशुल्क हवाई उद्धारदेखि सीमान्तकृत तथा लोपोन्मुख समुदायलाई पुर्ण खोप लिनका लागि नगद ५ हजार रुपैया प्रोत्साहन रकम उपलब्ध गराउने जस्ता जनमुखी कामलाई जोशीले महत्व दिए । जसले गर्दा समाजको पिधँमा रहेका नागरिकहरु लाभान्वित भए ।
क्यान्सर उपचारमा ५० हजार रुपैयाँ अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिदै अन्य सरकारी तथा निजी अस्पतालमा समेत यो सेवा विस्तार गर्ने काम जोशीले आफ्नो कार्यकालमा सुरुवात गरे । जसले हालसम्म पनि निरन्तरता पाइरहेको छ ।


हृदयघात तथा मष्तिस्कघातका बिरामीका लागि उपचारमा १ लाख १० हजार रुपैया सहुलियतलाई निरन्तरता दिदै प्रदेश सरकार मातहतमा रहेका १३ वटा अस्पताल र संघीय सरकारसँगको समन्वयमा संघीय अस्पतालहरुमा सहुलियत पाउने व्यवस्था जोशीले आफ्नो कार्यकालमा गर्नुभयो । जोशीले थालेको यो जन उत्तरदायी व्यवस्थाले आर्थिक अभावकै कारण आकस्मिक उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाका हजारौ बिरामीले नयाँ जिवन प्राप्त गरेका छन् । साथै मुख्यमन्त्री जनता स्वास्थय कार्यक्रमहरुलाई प्रभावकारी बनाउदै स्थानिय स्वास्थ्य संस्थाहरुमा समन्वय गरी नसर्ने रोगहरुको निशुल्क स्क्रिनिङ सेवा समेत प्रदान गरिएको छ ।

 

जोशीले आफ्नो गृहजिल्ला चितवनसँगै हेटौडा, भक्तपुर, सिन्धुली, रामेछाप हुँदै रसुवासम्मका १३ जिल्लाको प्रदेश अस्पतालहरूको स्तरोन्नति र शैया क्षमता विस्तारलाई प्राथमिकता दिनुभयो । हेटौंडा अस्पताल र भक्तपुर अस्पतालमा ३०० शैयाको व्यवस्था गर्नुका साथै अन्य अस्पतालमा पनि शैया थपिएपछि प्रदेशमै स्वास्थ्य शिक्षा र प्रयोगात्मक अध्ययनका लागि आवश्यक पूर्वाधार तयार भयो ।


यसैको परिणामस्वरुप मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस, एमडी स्वास्थ्य क्षेत्रका विभिन्न विषयको अध्ययन–अध्यापन विस्तार भएको छ । स्वास्थ्य शिक्षाका लागि आवश्यक अस्पतालको पूर्वाधार र शैया क्षमता विस्तार हुँदा नर्सिङ लगायतका बिषय अध्ययन गर्न चाहने विद्यार्थीले आफ्नै प्रदेशमा गुणस्तरीय शिक्षा र प्रयोगात्मक अनुभवको अवसर पाएका छन् । यसले उच्च शिक्षा अध्ययनका लागि विदेशिनुपर्ने बाध्यता समेत कम गरेको छ । साथै पछिल्लो समय समाजमा देखिएको मनोसामाजिक समस्या समाधान गर्दै मानसिक स्वास्थ्य उपचारलाई सहज बनाउनका लागि हेटौडा अस्पतालमा २५२ शैयाको मानसिक वार्ड समेत जोशीको कार्यकालमा स्थापना भएको छ ।

 

जोशीले गर्नुभएको अर्को महत्वपूर्ण काम हो—बायो मेडिकल वर्कसप को स्थापना । प्रदेशभित्रका अस्पतालका स्टोरमा प्रयोगविहीन अवस्थामा थन्किएका स्वास्थ्य उपकरणलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउने र आवश्यकताअनुसार एक अस्पतालबाट अर्को अस्पतालमा स्थानान्तरण तथा साटफेर गर्ने व्यवस्था मिलाउन जोशीले प्रदेश स्वास्थ्य निर्देशनालयमा बायो मेडिकल वर्कसप स्थापना गर्नुभयो । जसले अस्पतालहरूलाई आवश्यक उपकरण खरिदका लागि राज्यले खर्च गर्ने ठूलो रकम बचत भएको छ ।

 

नागरिकले गुणस्तरीय उपचारका लागि सदरमुकाम र राजधानी धाउनुपर्ने अवस्था अन्त्य गर्न जोशीले नीति तथा कार्यक्रममा समावेश गरेर सुरु गरेको एक प्रदेश निर्वाचन क्षेत्र एवम् एक स्थानीय तहमा १५ शैयाको एक स्वास्थ्य संस्था सवलीकरण एवम् सुदृढिकरण कार्यक्रमले सामान्य स्वास्थ उपचार जनताको घरघरमा पुगेको छ । प्रदेशभित्रका विद्यालयमा विद्यार्थीलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विद्यालय नर्स कार्यक्रमलाई निरन्तरता दिँदै, नीति तथा कार्यक्रममा समावेश गरी कक्षा १२ सम्म अध्यापन हुने सम्पूर्ण विद्यालयमा एकैपटक विद्यालय नर्स नियुक्त गर्ने व्यवस्था जोशीले आफ्नो कार्यकालमा गरेको अर्को महत्वपुर्ण काम हो । अहिले प्रदेश भित्रका विद्यालयमा नर्सहरूले विद्यार्थीको मनोसामाजिक अवस्था, मानसिक स्वास्थ्य, महिनावारीका क्रममा देखिने समस्या तथा पोषणयुक्त खानासम्बन्धी सचेतना र आवश्यक सेवा प्रदान गर्दै आएका छन् ।

 

बेला बेला प्रकोपको रुपमा देखिने डेंगु रोगलाई फैलन नदिनका लागि निशुल्क परीक्षणको व्यवस्था सँगै दुर्गम क्षेत्रमा जान नचाहने चिकित्सकहरुका लागि बिशेष प्रोत्साहन सहितको सेवाले दुर्गम क्षेत्रका बासिन्दाले समेत विशेषज्ञ चिकित्सकसँग परामर्श लिन पाइरहेका छन् । उत्तम जोशीले आफ्नो कार्यकालमा थालेको यस कामले आम जनतालाई स्वास्थ्य उपचारसँगै रोकथाम र सहज पहुँच दिने उहाँको तत्परता प्रष्ट रुपमा देखिएको छ ।


त्यससँगै स्वास्थ्य सेवा ऐन संशोधन गर्दै १० प्रतिशत विपन्नहरुलाई लागि नि शुल्क उपचार सेवा उपलब्ध गराउनका लागि सामाजिक सेवा ईकाई स्थापना गरी काम गर्नु पर्ने व्यबस्था समेत गरियो । प्रादेशिक अस्पतालहरुमा विपत्‌‌, वन्यजन्तुको आक्रमणबाट भएका घाईते, बिभिन्न दुर्घटनामा परेका घाईते तथा विरामीहरुलाई सामाजिक ईकाई मार्फत निशुल्क उपचार गर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले उपचार अभावमा रहेका धेरै नागरिकहरुले आफ्नो जिवन रक्षा गरिरहेका छन् ।
स्वास्थ्य नीति तथा निर्देशिका निर्माण र स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउने कार्यक्रम दीर्घकालीन नीतिसँग जोड्ने आधार तयार गरेको छ । सँगै सँगै प्रदेशमा बसोवास गर्ने, लोपोन्मुख तथा सिमान्तकृत जातिहरू, आश्रममा आश्रित महिला तथा बालबालिका, अपांग भएका क र ख वर्गका नागरिक र महिला स्वास्थ्य स्वयंसेविकाको लागि निशुल्क स्वास्थ्य बिमा उपलब्ध गराउँदा जोशीलाई धेरै बेसाहाराहरुले आफ्नो जीवनको सहाराका रुपमा प्राप्त गरेका छन् ।  


लामो समयदेखि जनताको घरघरमा पुगेर सेवा गर्ने स्वास्थ स्वास्थ्यकर्मीहरुको सम्मानका लागि स्वास्थ्य स्वयम सेवीका स्थापना दिवसको अवसर पारेर नगद सहित सम्मान गर्ने उदाहरणीय कामको अन्य प्रदेशहरुले समेत सिको गरिरहेका छन् ।
प्रदेशभरिका नीजि, सामुदायीक र सरकारी अस्पतालमा पार्की सेवा निशुल्क गर्ने व्यवस्था, आर्थिक रुपले बिपन्न व्यक्तिको आकस्मिक उपचारका लागि आवश्यक रगत व्यवस्थापन गर्न ब्लड व्याग र रक्त परिक्षण स्व घोषणा मार्फत निशुल्क गर्ने व्यवस्था समेत वागमती प्रदेशका सम्पुर्ण सरकारी अस्पतालमा गरिएको छ ।

 

९ महिना १६ दिनको कार्यकालमा गरिएका यी विभिन्न कामलाई हेर्दा जोशीले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन, आर्थिक अवस्थाका कारण उपचार रोक्न नपर्ने व्यवस्था गर्न, स्थानीय अस्पतालको क्षमता विस्तार गर्न साथै स्वास्थ बिमा कार्यक्रमलाई कार्यान्वयन गर्न नगर अस्पतालहरुलाई सहयोग गर्ने काम प्रदेश सरकारले गर्यो । यस्ता कामहरूले जोशीको उदेश्य रोकथाम मुखी स्वास्थ्य प्रणालीलाई बिकास गर्दै स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गर्न तर्फ अग्रसर रहेको देखिन्छ ।

 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवन र नुवाकोटलाई २५ शैय्या तथा अन्य १३ जिल्लाका आयुर्वेद स्वास्थ्य केन्द्रहरूलाई १६ शैय्याको क्षमतामा स्तरोन्नति गर्ने काम जोशीले आफ्नो कार्यकालमा गर्नुभयो । चितवनको रत्ननगरमा रहेको आयुर्वेदिक औषधि उत्पादन केन्द्रबाट आवश्यक आयुर्वेदिक औषधि उत्पादन गर्ने र १८ प्रकारका आर्युवेदीक औषधि निशुल्क उपलब्ध हुने कामसमेत उहाँको कार्यकालमा भयो । साथै, बागमती प्रदेशको आयुर्वेद स्वास्थ्य नीतिलाई अन्तिम चरणमा पुर्‍याउने कामले प्रदेशमा आयुर्वेद स्वास्थ्य सेवाको विकास र विस्तारका लागि नीतिगत आधार तयार गर्‍यो । आयुर्वेद स्वास्थ्य सेवालाई विस्तार गर्दै आयुर्वेदिक अस्पतालमा निःशुल्क फिजियोथेरापी तथा पुनर्स्थापना सेवा उपलब्ध गराउने काम भयो ।

 

त्यस्तै, प्रदेशका विभिन्न जिल्लामा आँखासम्बन्धी समस्या भएका नागरिकका लागि स्वास्थ्य निर्देशनालयमार्फत विशेष अभियान सञ्चालन गरी २५३ जना नागरिकको आँखासम्बन्धी समस्याको शल्यक्रियामार्फत उपचार गरिएको थियो ।


ज्येष्ठ नागरिकको स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्दै स्वास्थ्य सामग्रीसहित स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने काम भयो । यससँगै ६५ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि बागमती प्रदेशका अस्पतालमा निःशुल्क दन्त सेवा तथा दन्त सहायता सेवा कार्यान्वयनमा आउदा धेरै जेष्ठ नागरिकहरुको मुहारको मुस्कान फर्किएको छ ।

 

स्वास्थ्य सेवालाई केवल अस्पताल र उपचारमा सीमित नराखी हेल्थ इन अल पोलिसीको अवधारणालाई समेत नीतिगत रुपमा अघि बढाउने काम जोशीको कार्यकालमा भएको छ ।  स्वास्थ्यसँग सम्बन्धित नीति तथा निर्देशिकालाई मन्त्रिपरिषद्बाट स्वीकृत गरी कार्यान्वयनमा लैजाने प्रयासले स्वास्थ्यलाई हरेक नीति र विकासको केन्द्रमा राख्ने आधार निर्माण गरेको देखिन्छ ।


त्यसैगरी, स्वास्थ्य सेवासँगै रोगको रोकथामलाई पनि प्राथमिकतामा राख्दै जोशीले शैलजा आचार्यसँग किशोरी एचपीभी खोप कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरेर अगाडि बढाउनु भयो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई व्यवस्थित गर्दै शाखा ईकाई चितवनको भरतपुरमा समेत विस्तार गरियो । साथै प्रदेश तथा स्थानीय अस्पतालमा टेली मेडिसिन सेवा विस्तार गरियो ।

 

जोशीको नेतृत्वमा रहेको स्वास्थ्य मन्त्रालयको परिसरमा रहेको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सन्चालन केन्द्रबाट १ सय ५० वटा एम्बुलेन्समा जीपीएस निशुल्क जडान गरी टोल फ्रि नम्वर १०२ को माध्यमबाट चौबीसै घण्टा एम्बुलेन्स सेवा प्रदान गर्ने व्यवस्था गरियो ।
आकस्मिक उपचारलाई सहज बनाउन प्रदेशका अस्पतालमा आईसीयु र एन आई सि यु सेवा विस्तार, आवश्यक शैया थप तथा अस्पतालको क्षमता बढाउने कामलाई जोशीले प्राथमिकता दिनुभयो ।

 

यसरी उत्तम जोशीको कार्यकालमा उपचारमा सहुलियत दिने मात्र होइन, रोकथाम, खोप, आयुर्वेद, विशेषज्ञ सेवा, आकस्मिक उपचार, अस्पतालको क्षमता विस्तार र नीतिगत सुधारसम्मका क्षेत्रमा काम अघि बढेको देखिन्छ ।

 

बिभिन्न चुनौतीको सामना गर्दै आफ्नो कार्यकाल पुरा गर्नुभएका पुर्व मन्त्री जोशीले जनताको आवश्यकतालाई पहिचान गर्दै स्वास्थ्य क्षेत्रको सुधारका लागि अझ व्यापक योजना बनाएर अगाडि बढ्न सकिने संभावना समेत उजागर गर्नु भएको छ । बागमती प्रदेशको स्वास्थ्य विकासको दीर्घकालीन राजनीतिक एजेन्डा र नीति बनाउन जोशीको अनुभव अत्यन्तै लाभदायक हुने देखिन्छ । कामलाई नीतिगत रुपमा सुधार गर्ने र बनेका नीतिलाई जनताको जीवन परिवर्तन र सहजताका लागि जोड्ने उदाहरणीय काम उत्तम जोशीको ९ महिना १६ दिने कार्यकालमा भएको देखिन्छ ।  

 

२०८० जेठ ७ गते स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा उत्तम जोशीसँग एउटा अवसर थियो—आफूलाई काममार्फत प्रमाणित गर्ने । आफ्ना व्यक्तिगत रहर र दलगत स्वार्थभन्दा माथि उठेर जोशीले मन्त्रालयमा रहंदा गरेका बिबिध कामहरू केवल निर्णय र फाइलमा सीमित छैनन । तत्काल कार्यान्वयन भएर जनतालाई लाभान्वित भएका उहाँका कामहरूले जोशीको प्रशासनिक क्षमता, निर्णय क्षमता र जनतासँग जोडिएर काम गर्ने शैलीको एउटा तस्वीर पनि प्रस्तुत गरेको छ । राजनीतिमा पद स्थायी हुँदैन । तर पदमा रहँदा गरेको कामले बनाएको विश्वास भने दिर्घकालिन रुपमा रहन्छ ।

 

सानै उमेर २०४८ सालमा नेपाल बिद्यार्थी संघ स्कुल कमिटिको अध्यक्ष भएर सुरुवात गर्नुभएको जोशीको राजनितिक यात्रा स्थानीय राजनीति हुदै बिभिन्न सामाजिक संघ संस्थाको नेतृत्वदायी भुमिका सम्हाल्नु भएका जोशी प्रदेश सभासम्म पुग्नु भयो । अनि उहाँले प्रदेश सरकारको महत्वपुर्ण मन्त्रालय स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभयो । निरन्तरको लगाव र समाज प्रतिको उत्तरदायित्वको कारण जनप्रतिनिधिको जिम्मेवारीसँगै स्वास्थ्य मन्त्रालयको नेतृत्वमा अब्बल  प्रमाणित हुनु भएको जोशीको राजनीतिक भविष्य कता जान्छ, त्यसको निर्णय उहाँ आवद्ध राष्टिय पार्टी नेपाली काँग्रेसको आन्तरिक राजनीति, समय र जनताले गर्नेछन् । तर मन्त्रीको कुर्सीबाट बाहिरिँदा उहाँले आफ्नो कामबाट बनाएको पहिचान भने समाजमा दिगो बनेर रहेको छ । जुन उहाँको कमाई हो, उपलब्धि हो ।


# चितवन खबर # स्वास्थ्य

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट

August 22, 2026

भरतपुर धाउनुपर्ने बाध्यता हटाउँदै बकुलहर रत्ननगर अस्पताल

August 21, 2026

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

August 14, 2026

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

August 06, 2026

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

August 06, 2026

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

August 03, 2026

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

July 31, 2026

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

July 30, 2026

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

July 23, 2026

एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा

July 21, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .