नेकपा एमाले चितवनको सदभाव र्याली तथा जागरण अभियान

इ चितवन खबर

October 20, 2025

चितवन । नेकपा (एमाले) चितवनले शान्तिपूर्ण सद्भाव र्याली तथा जागरण अभियान सम्पन्न गरेको छ । शनिबार पूर्वपश्चिम राजमार्गको सिक्स लेन स्थित गोन्द्राङबाट मोटरसाइकल र्याली सुरु भई, हाकिम चोक, चौबिसकोठी, वीरेन्द्र क्याम्पस चोक, बाइपास रोडको विशाल चोक, मालपोत चोकमा आएर सम्पन्न भएको थियो । त्यसपछि मालपोत चोकबाट अस्पताल रोड हुँदै पैदल र्याली चौबिसकोठीसम्म आएर कोण सभामा परिणत भएको थियो ।


र्यालीका क्रममा जेनजीको आन्दोलनमा घुसपैठ गर्नेलाई कारबाही गर, हत्या हिंसाको छानबिन गर, आगजनी र तोडफोड गर्नेलाई कारबाही गर, सचेत युवाको जायज माग पूरा गर, वीर शहिदहरु अमर रहुन्, संविधानको रक्षा गर, शान्ति सुरक्षा कायम गर, राष्ट्रिय एकता कायम गर, सामाजिक सद्भाव कायम गरौं,  नेकपा एमाले जिन्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद लगायतका नारा लगाइएको थियो ।


चौबिस कोठीमा भएको कोण सभालाई एमाले चितवनका सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेका थिए भने एमाले केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज जेएन थपलिया र एमाले चितवनका अध्यक्ष कमल राज पाठकले संवोधन गरेका थिए ।


नेता थपलियाले कालापानी र लिपुलेक हाम्रो भूमि हो भनि केपी शर्मा ओलीले विदेशी मञ्चमा गएर पनि आवाज उठाउन थालेपछि षड्यन्त्र भएको बताए । जेनजीको आन्दोलनमा घुसपैठ तथा हाइज्याक गरी देशि विदेशी शक्तिहरुले देशमा अराजकता मच्चाएको उनको भनाइ छ । नेकपा एमालेलाई इतिहासमा पनि बेलाबेलामा आक्रमण हुने गरेको स्मरण गर्दै उनले यस्ता आक्रमणहरु बेलाबेलामा भए पनि पार्टी उठ्दै आएको बताए । यसपाली पनि त्यस्तै भएको बताउँदै नेता थपलियाले नेकपा एमाले पुनः जुरुक्क उठेर समृद्ध नेपाल सुखी नेपालीको अभियानमा लाग्ने बताए ।


नेकपा एमाले चितवनका अध्यक्ष कमल राज पाठकले एमाले चुनावबाट नभाग्ने बताएका छन् । तर यो सरकार चुनाव गर्ने पक्षमा नरहेको उनले तर्क गरे । उनले जेनजी आन्दोलनमा देश विरोधी देशि, विदेशी शक्तिहरुले घुसपैठ गरी अराजकता मच्चाएको बताए । ‘नेकपा एमाले सत्य छ, सही छ र जनताको पक्षमा छ, यो राष्ट्रको पक्षमा छ, सार्वभौम सत्ताको पक्षमा छ’ भन्दै अध्यक्ष पाठकले कोण सभालाई समापन गरे ।


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

मतदाता नाम दर्ता तीव्र, दैनिक १२ घण्टासम्म सेवा प्रवाह हुँदै

November 12, 2025

आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्य : प्रधानमन्त्री कार्की

November 09, 2025

प्रधानमन्त्री कार्कीको निर्देशन : सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नुस्

November 03, 2025

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा

November 02, 2025

निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी हुन्छ : प्रधानमन्त्री कार्की

November 01, 2025

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

October 27, 2025

निर्वाचन तयारी : पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

October 24, 2025

आगजनीमा परेको बीपी स्मृति भवनमा कांग्रेसको बैठक

October 10, 2025

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज २६ मा

September 28, 2025

निर्वाचनमा केन्द्रित भयौं : राष्ट्रपति रामचन्द्र पौडेल

September 19, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .