इ चितवन खबर
October 20, 2025
चितवन । नेकपा (एमाले) चितवनले शान्तिपूर्ण सद्भाव र्याली तथा जागरण अभियान सम्पन्न गरेको छ । शनिबार पूर्वपश्चिम राजमार्गको सिक्स लेन स्थित गोन्द्राङबाट मोटरसाइकल र्याली सुरु भई, हाकिम चोक, चौबिसकोठी, वीरेन्द्र क्याम्पस चोक, बाइपास रोडको विशाल चोक, मालपोत चोकमा आएर सम्पन्न भएको थियो । त्यसपछि मालपोत चोकबाट अस्पताल रोड हुँदै पैदल र्याली चौबिसकोठीसम्म आएर कोण सभामा परिणत भएको थियो ।
र्यालीका क्रममा जेनजीको आन्दोलनमा घुसपैठ गर्नेलाई कारबाही गर, हत्या हिंसाको छानबिन गर, आगजनी र तोडफोड गर्नेलाई कारबाही गर, सचेत युवाको जायज माग पूरा गर, वीर शहिदहरु अमर रहुन्, संविधानको रक्षा गर, शान्ति सुरक्षा कायम गर, राष्ट्रिय एकता कायम गर, सामाजिक सद्भाव कायम गरौं, नेकपा एमाले जिन्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद लगायतका नारा लगाइएको थियो ।
चौबिस कोठीमा भएको कोण सभालाई एमाले चितवनका सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेका थिए भने एमाले केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज जेएन थपलिया र एमाले चितवनका अध्यक्ष कमल राज पाठकले संवोधन गरेका थिए ।
नेता थपलियाले कालापानी र लिपुलेक हाम्रो भूमि हो भनि केपी शर्मा ओलीले विदेशी मञ्चमा गएर पनि आवाज उठाउन थालेपछि षड्यन्त्र भएको बताए । जेनजीको आन्दोलनमा घुसपैठ तथा हाइज्याक गरी देशि विदेशी शक्तिहरुले देशमा अराजकता मच्चाएको उनको भनाइ छ । नेकपा एमालेलाई इतिहासमा पनि बेलाबेलामा आक्रमण हुने गरेको स्मरण गर्दै उनले यस्ता आक्रमणहरु बेलाबेलामा भए पनि पार्टी उठ्दै आएको बताए । यसपाली पनि त्यस्तै भएको बताउँदै नेता थपलियाले नेकपा एमाले पुनः जुरुक्क उठेर समृद्ध नेपाल सुखी नेपालीको अभियानमा लाग्ने बताए ।
नेकपा एमाले चितवनका अध्यक्ष कमल राज पाठकले एमाले चुनावबाट नभाग्ने बताएका छन् । तर यो सरकार चुनाव गर्ने पक्षमा नरहेको उनले तर्क गरे । उनले जेनजी आन्दोलनमा देश विरोधी देशि, विदेशी शक्तिहरुले घुसपैठ गरी अराजकता मच्चाएको बताए । ‘नेकपा एमाले सत्य छ, सही छ र जनताको पक्षमा छ, यो राष्ट्रको पक्षमा छ, सार्वभौम सत्ताको पक्षमा छ’ भन्दै अध्यक्ष पाठकले कोण सभालाई समापन गरे ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 01, 2026
July 30, 2026
July 29, 2026
July 29, 2026
July 20, 2026
July 10, 2026
July 10, 2026
July 10, 2026
July 09, 2026
July 06, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .