इ चितवन खबर
November 18, 2026
बागमती । बागमती प्रदेश सरकारले हेटौँडा–भीमफेदी–काठमाडौँ सडकखण्डमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि सडक पूर्वाधार सुधारदेखि सवारी साधनको प्राविधिक परीक्षण र सुरक्षा निगरानीसम्मका नौ निर्णय गरेको छ ।
मुख्यमन्त्री किरण थापा मगरको अध्यक्षतामा बसेको बैठकले हेटौँडा–भीमफेदी–देउराली सडक चौडा गर्ने तथा आवश्यक पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरी काम अघि बढाउन भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकले प्रदेशमा सवारी साधनको प्राविधिक अवस्था जाँच गर्न फिटनेस परीक्षण केन्द्र स्थापना गर्ने, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाए–नचलाएको जाँचको दायरा बढाउने र आवश्यक परीक्षण किटको व्यवस्था गर्ने निर्णय गरेको छ ।
त्यस्तै, मालवाहक सवारी साधनका लागि भीमफेदी–कोगटे वैकल्पिक मार्ग सञ्चालन गर्ने, सडक सुरक्षा सामग्रीको व्यवस्था गर्ने, देउरालीमा प्रहरी चौकी स्थापना गर्ने तथा सडक सुरक्षा जनचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।
बागमती र मधेस प्रदेशबीच अन्तरप्रदेश सडक सुरक्षा व्यवस्थापनसम्बन्धी समन्वय बैठक गर्ने र विद्युतीय सवारी साधनमा कानुनले तोकेको सिट सङ्ख्याभन्दा बढी यात्रु राख्न नपाइने व्यवस्था कडाइका साथ लागू गर्ने निर्णय पनि बैठकले गरेको छ ।
निर्णय कार्यान्वयनका लागि सम्बन्धित प्रदेश मन्त्रालयका सचिवलाई जिम्मेवार बनाउँदै प्रत्येक १५ दिनमा प्रगति विवरण पेस गर्न निर्देशन दिइएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
November 18, 2026
November 18, 2026
November 17, 2026
November 17, 2026
November 17, 2026
November 17, 2026
November 16, 2026
November 16, 2026
November 16, 2026
November 16, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .