इ चितवन खबर
November 07, 2025
चितवन। जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष २१ हजार ४८० ‘मेट्रिकटन’ बढी धान उत्पादन भएको हो ।
कृषि बिकास कार्यालय चितवनका अधिकृत निर्मल पौडेलका अनुसार यस वर्ष २७ हजार ३२४ दशमलव ९ ‘हेक्टर’ क्षेत्रफलमा धान लगाइएको थियो । यस वर्ष धान उत्पादकत्व ४ दशमलव ९६७ मेट्रिकटन प्रतिहेक्टर रहेको उहाँले बताउनुभयो । एक लाख ३५ हजार ७२५ दशमलव ०६ मेट्रिकटन धान उत्पादन भएको छ । बेमौसमी वर्षाले ३० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति भएको थियो । जसबाट १४९ दशमलव ०१ मेट्रिकटन धानमा क्षति भएको उहाँले बताउनुभयो ।
गत वर्ष जिल्लामा एक लाख १४ हजार २४४ दशमलव २ मेट्रिकटन धान उत्पादन भएको थियो । जिल्लामा हर्दिनाथ ६, गोरखनाथ, मुकाबाला, सावित्री, रामधान, गङ्गोत्री जस्ता धानहरु लगाइएको थियो । समयमा पानी र रोग किराको प्रकोप कम हुँदा यस वर्ष धान उत्पादन बढेको उहाँले बताउनुभयो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
November 14, 2025
November 14, 2025
November 13, 2025
November 13, 2025
November 12, 2025
November 11, 2025
November 10, 2025
November 10, 2025
November 05, 2025
November 04, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .