आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

इ चितवन खबर

November 14, 2025

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रूपैयाँ १७ पैसा निर्धारण गरिएको छ । 
 
 
यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रूपैयाँ ४३ पैसा र बिक्रीदर १६५ रूपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपैयाँ २४ पैसा र बिक्रीदर १८७ रूपैयाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रूपैयाँ ९३ पैसा र बिक्रीदर १७८ रूपैयाँ ६८ पैसा कायम गरिएको छ । 
 
 
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रूपैयाँ ९५ पैसा र बिक्रीदर ९३ रूपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ १७ पैसा र बिक्रीदर १०१ रूपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १०९ रूपैयाँ २९ पैसा तोकिएको छ ।
 
 
जापानी येन १० को खरिददर नौ रूपैयाँ १५ पैसा र बिक्रीदर नौ रूपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ९५ पैसा र बिक्रीदर २० रूपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ८४  पैसा र बिक्रीदर ३९ रूपैयाँ कायम भएको छ ।
 
 
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ३८ पैसा र बिक्रीदर चार रूपैयाँ ४० पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रूपैयाँ २९ पैसा र बिक्रीदर ३४ रूपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६६ पैसा र बिक्रीदर नौ रूपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५ रूपैयाँ ११ पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ०२ पैसा र बिक्रीदर २२ रूपैयाँ ११ पैसा तोकिएको छ ।
 
 
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ २२ पैसा र बिक्रीदर १८ रूपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ४६३ रूपैयाँ ४७ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३७७ रूपैयाँ ११ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३६९ रूपैयाँ २७  पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
 
 
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


# चितवन खबर # अर्थ खबर

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .