इ चितवन खबर
February 28, 2025
चितवन। हिजो आज अझै पनि धेरै महिलाहरु घरको चुलो र चौकोमा नै सीमित हुने गरेका छन् । समाजमा महिला सशक्तीकरणको आवाज उठेपनि समाजमा धेरै महिलाहरु अझै गृहिणीको रुपमा आफूलाई प्रस्तुत गर्ने गरेका छन् । तर, केही महिलाहरु भने घरको काम सँगै समय निकालेर सामाजिक राजनीतिक क्षेत्रमा आफूलाई स्थापित गर्दै आएका छन् । नवलपुरको गैँडाकोट–५ इन्द्रेणीटोलकी लक्ष्मी अधिकारी पनि धेरै महिला मध्ये आफूलाई सामाजिक र राजनीतिक क्षेत्रमा उभ्याउन सफल हुनुभएको छ ।
राजनीति र समाजसेवा गर्दा मागेर गर्नेहरुको बीचमा उहाँले आफ्नै पैसाबाट समाजसेवा गर्दै आउनु भएको छ । विश्वव्यापी फैलिएको कोडिभ महामारीको समयमा अधिकारीले आफ्नै रकमबाट गरिब तथा दुःखीहरुलाई दाल, चामल सहितको खाद्यान्न सहयोग गरेर फरक काम गर्नुभएको थियो ।
विसं २०३८ सालमा गैँडाकोट–५ मा जन्मिनु भएकी अधिकारीको पारिवारिक पृष्ठभूमि राजनीति सँग जोडिएको छ । स्वर्गीय सुर्यभक्त अधिकारीको नातिनी अधिकारी आफ्ना हजुरबुबाबाट प्रेरित भएर राजनीति र समाजसेवामा जुटेको बताउनुहुन्छ । राजनीति र समाजसेवा गर्ने रुचि राख्नु भएकी अधिकारीको विगतदेखि नै राजनीति र समाजसेवामा झुकाव थियो ।
अधिकारी विभिन्न सामाजिक र राजनीतिक संस्थाहरुमा संलग्न भएर काम गर्दै आउनुभएको छ । उहाँ नेपाली काँग्रेस नवलपुरको क्षेत्र नम्बर १ को क्षेत्रीय सदस्य, गैँडाकोट महिला फुटबल क्लबको संस्थापक अध्यक्ष, नवलपुर फुटबल संघको पूर्व कार्यसमिति सदस्य, क्षत्री समाज नवलपुरको पूर्व सचिव समेत भएर काम गर्नुभएको छ । राजनीति सँगै समाजसेवालाई पनि अगाडि बढाउने उहाँको उद्देश्य छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
July 01, 2026
July 01, 2026
June 30, 2026
June 30, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .