इ चितवन खबर
December 10, 2025
चितवन। चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ । कार्यालयले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनका क्रममा ५४ प्रतिशत कुखुरामा चिकेन एनेमिया भाइरस भेटिएको हो ।
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाबाट आएको १८२ नमूनामध्ये ५४ प्रतिशतमा यो रोगको सङ्क्रमण देखिएको हो । जिल्लामा पहिलोपटक गत आर्थिक वर्षमा यो रोगको सङ्क्रमण देखिएपछि कार्यालयले अध्ययन सुरु गरेको थियो । अध्ययनका क्रममा चितवनसहितका जिल्लामा यो समस्या देखिएको उहाँले बताउनुभयो । चितवन, मकवानपुर र नवलपरासी जिल्लाबाट लिइएको नमूनामा यो रोग देखिएको हो ।
यस रोगका कारण कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्दछ । जसले गर्दा अन्य रोगहरुले कुखुरामा आक्रमण गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्यक्ष रुपमा केही असर नदेखिए पनि उत्पादन घट्दा आर्थिक प्रभाव पर्ने गर्दछ ।”
यस रोग लागेका कुखुरामा रक्तअल्पता हुने, तौल नबढ्ने, उत्पादनमा कमी आउनेजस्ता लक्षण देखा पर्दछन् । उहाँले भन्नुभयो, “कुखुराले चारा खाने, हिँडडुल गर्ने गरे पनि यसको प्रभाव दीर्घकालीन रुपमा पर्ने भएकाले बेवास्ता गर्नुहुँदैन ।” कुखुरालाई यो रोगबाट बचाउनका लागि चिकेन एनेमिया भाइरसविरुद्धको भ्याक्सिन दिनुपर्ने उहाँले बताउनुभयो । ब्रोइलरको माउमा र लेयर्सको माउ तथा चल्ला दुवैमा यो खोप दिनुपर्ने उहाँले बताउनुभयो ।
चितवनसहित १६ जिल्लाबाट सङ्कलित नमूना यो प्रयोगशालामा परीक्षण हुँदै आएको छ । जैविक सुरक्षाको अभावमा सङ्क्रमण देखिने गरेको उहाँले बताउनुभयो । अहिले कुखुरामा इन्फुलुन्जाको एच ९ को सङ्क्रमण देखिने समय भएकाले सबै कुखुरापालक किसानहरुलाई यसबाट सचेत रहन उहाँले आग्रह गर्नुभयो । यसका लागि फार्ममा दाना, पानी, औषधि, भूषलगायतका सामग्री लैजाँदा र अण्डा बाहीर पठाउँदा जैविक सुरक्षालाई कडाइका साथ अवलम्बन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । बजारमा निःसङ्क्रमण गर्ने औषधि पाइने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निःसङ्क्रमण गर्नुपर्ने हुन्छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 09, 2026
October 06, 2026
October 03, 2026
September 30, 2026
September 30, 2026
September 28, 2026
September 26, 2026
September 25, 2026
September 25, 2026
September 23, 2026
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .