इ चितवन खबर
February 28, 2025
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्सा तस्करीमा आक्रामक देखिएको छ। पर्सा प्रहरीले एक महिनामा आठ करोड भन्दाबढीको भन्सार छलीको सामान बरामद गरेको छ।
एक महिनाअघि पर्सामा नयाँ प्रहरी प्रमुखका रुपमा प्रहरी उपरीक्षक गौतम मिश्र पुगेका थिए। उनले आफ्नो सुरुवाती कार्यकालमा तस्करीविरूद्ध कारबाही चलाएका छन्। गत माघ १४ गते पर्सा प्रहरी प्रमुखको कार्यभार सम्हालेदेखि फागुन १४ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरूले ८ करोड १२ लाख, ८ हजार ५३ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।
यस क्रममा पर्सा भन्सारबाट जाँचपास भएर छुटेका मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। बिल बिजकभन्दा बढीको सामान (तस्करी) लोड गरिएका ट्रकहरू प्रहरीले नियन्त्रणमा लिएको छ।
ट्रक र उक्त बरामद सामान राजश्व अनुसन्धान कार्यालय पथलैया तथा भन्सार कार्यालय पर्सामा बुझाइएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुभास भट्टका अनुसार सोही अवधिमा प्रहरीले २३ लाख रुपैयाँसहित तीन जना हुण्डी कारोबारीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ।
एसपी गौतमको सक्रियता र विशेष सूचनाको आधारमा प्रहरीले सोही अवधिमा जिल्लाको विभिन्न ठाउँमा लगाइएको २८ कठ्ठा जगामा लगाइएको लागुऔषध गाँजा १३ हजार ४०० बोट, एक कठा जग्गामा लगाइएको अफिम ५०० बोट नष्ट गर्नुका साथै ७६ किलो ८०० ग्राम गाँजा र २५ किलो चरेस बरामद गरिएको प्रहरीको तथ्यांकमा छ।
त्यस्तै, एक महिनाको अवधिमा फैसला कार्वान्यनतर्फ ३४४ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ, जसबाट ४८ लाख,४७ हजार ४२२ रुपैयाँ जरिवाना र १५ वर्ष १० महिना २२ दिन कैद भुक्तान भएको प्रवक्ता भट्टले जानकारी दिए। प्रहरीले पर्सामा घरेलु मदिराको उत्पादन तथा बिक्री-वितरणको गुनासो बढेसँगै प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ।
जिल्लाको विभिन्न स्थानमा रहेको १४ वटा रक्सी भट्टीमा छापामारी ९ हजार ६५० लिटर कच्चा पदार्थ र ६४० लिटर तयारी मदिरा नष्ट गर्नुका साथै मदिरा उत्पादनमा प्रयोग गरिने विभिन्न उपकरण भाँडाकुँडा बरामद गरिएको तथ्यांकमा जनाइएको छ।
वीरगन्जस्थित होटलहरूमा महिलालाई व्यावसायिक रूपमा यौनधन्दामा लगाएको सूचनाको आधारमा बसपार्कलगायत विभिन्न स्थानमा रहेका चार वटा होटलमा छापामारी ६ जना महिलाको उद्धार गरिएको छ। यसक्रममा चार जना होटल सञ्चालकलाई कारबाहीको दायरामा ल्याइएको जनाइएको छ।
त्यस्तै, एसपी गौतम मिश्रको ३० दिने कार्यकालमा विभिन्न प्रकृतिका ६ वटा आपराधिक मुद्दा दायर गर्नुका साथै संलग्न एक महिलासहित ६ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
त्यसैगरी, सोही अवधिमा प्रहरीको आयोजनामा ६२१ वटा सामुदायिक प्रहरी-साझेदारी कार्यक्रम भएको छ। जसबाट कुल २२ हजार,१८३ नागरिक लाभान्वित भएको पर्सा प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ। 'प्रहरी सम्पूर्ण नागरिकको साथमा छ, ढुक्क भएर कुनै पनि विकृति वा अपराधबारे समयमै सूचना दिन पर्साबासीलाई म आग्रह गर्दछु,' मिश्रले भने।
नागरिकको सहयोगबिना अपराध नियन्त्रण असम्भव रहेकाले सूचना दिने मानिसको गोपनीयता राखिने उनले विश्वास दिलाएका छन्। आफूले शून्य सहनशीलता साथ काम गर्ने तथा कुनै आपराधिक घटनामा प्रहरीले पूर्ण व्यावसायिक बनेर काम गर्ने एसपी मिश्रले प्रतिवद्धता जनाएका छन्।
मिश्रले आक्रामक कारबाही थालेपछि एक महिनामै तस्करी, हुण्डी, लागुऔषध कारोबारीसँगै आपराधिक प्रवृत्तिका मानिसहरूमा त्रसित बनेका छन्।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
July 01, 2026
July 01, 2026
June 30, 2026
June 30, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .