इ चितवन खबर
December 24, 2025
चितवन । ‘आठौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनी - २०८२ ’ माघ २, ३ र ४ गते चितवनमा आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. तथा फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा माघ २ गतेदेखि गतेदेखि ४ गतेसम्म चितवनको भरतपुर महानगरपालिका -१०, चितवन एक्स्पो सेन्टरमा आयोजना हुन लागेको हो ।
उक्त प्रदर्शनीको प्रवर्द्धकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मातहतमा रहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ । साथै, उक्त प्रदर्शनीको सहयोगी संस्थाहरुमा राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय महासंघ लिमिटेड, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ र चितवन उद्योग संघ रहेका छन् । उक्त प्रदर्शनीमा नेपाल भित्रका कृषि उद्यमीहरु, व्यवसायीहरुका साथै विदेशी व्यवसायीहरु तथा कम्पनीहरु रहने छन् । उक्त प्रदर्शनीमा सय बढी स्टल रहने आयोजकले जनाएको छ ।
त्यसैगरी, उक्त प्रदर्शनीमा कृषि र प्रविधिका फरक - फरक समूहका स्टलहरु रहने छन् । उक्त प्रदर्शनीमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाई / भैँसी पालन, कृषिका मेसिनरी औजार - उपकरण भेटेनरी, डेरी, खाद्य प्रविधि बारेमा जानकारी गराइने छ । अवलोकन गर्न आउनेले आफ्नो चाहना आवश्यकता र चासो अनुसारको स्टलमा गएर सम्पूर्ण जानकारी लिन सक्ने गरी व्यवस्था गरिने आयोजकको जनाएको छ । यसलाई ‘ प्रदर्शनी भित्रको प्रदर्शनी ’ पनि भन्न सकिन्छ । आयोजकको अनुसार प्रदर्शनीले कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुग्ने उल्लेख छ । नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन प्रदर्शनी कोशेढुङ्गा सावित हुने आयोजकको विश्वास रहेको छ ।
यस्तै, उक्त प्रदर्शनीले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत पुग्ने र प्रविधिको प्रयोगबाट कृषि उत्पादनमा समेत वृद्धि भई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पु¥याउने आयोजकको विश्वास रहेको छ । उक्त प्रदर्शनीमा सबैलाई निःशुल्क प्रवेश रहने छ । प्रदर्शनीमा देशभरबाट बढी भन्दा बढी अवलोकनकर्ताहरु भित्र्याउने लक्ष्य आयोजकको रहेको छ । यसैगरी, उक्त प्रदर्शनीमा देशैभरिका अगुवा किसानहरु, गाउँपालिका तथा नगरपालिकाका प्रतिनिधिहरु, सरकारी तथा गैर - सरकारी संस्थाहरु, निति / निर्माता, व्यवसायीहरु, उद्यमीहरु, व्यापारीहरु, अगुवा कृषकहरु, आयातकर्ताहरु, निर्यातकर्ताहरु, बैंक तथा वित्तिय संस्थाहरु, अनुसन्धानकर्ताहरु, शिक्षकशिक्षिकाहरु, विद्यार्थीहरु र शिक्षण संस्थाहरुको विशेष उपस्थिति हुने भएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 06, 2026
October 03, 2026
September 30, 2026
September 30, 2026
September 28, 2026
September 26, 2026
September 25, 2026
September 25, 2026
September 23, 2026
September 23, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .