इ चितवन खबर
March 03, 2025
काठमाडौं। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेब्रुअरी महिनामा हालसम्मकै धेरै यात्रु आवागमन भएको छ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबू तिवारीले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको विवरणअनुसार, फेब्रुअरी २०२५ मा कुल ११५ उडान–अवतरणमार्फत ६,७७९ यात्रु ओहोर–दोहोर गरेका छन्। यो संख्यामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएयताकै सबैभन्दा बढी हो।
फेब्रुअरी महिनामा फ्लाइ दुबई, जजिरा एयरवेज, थाई एयर एसिया, नेपाल एयरलाइन्स तथा चार्टर उडानमार्फत यात्रुहरू ओहोरदोहोर गरे। फ्लाई दुबईमार्फत २,४०३, जजिरा एयरवेजमार्फत ३,२६५, थाई एयर एसियामार्फत १,०९७, नेपाल एयरलाइन्समार्फत १ तथा चार्टर उडानमार्फत १३ यात्रु यात्रा गरेका छन्। तीमध्ये २११ विदेशी यात्रु रहेका छन्।
नेपाल एयरलाइन्स र फ्लाइ दुबईमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएका–जाने ट्रान्जिट यात्रुहरूको संख्या ४,०४० रहेको छ। महाप्रबन्धक तिवारीका अनुसार, नोभेम्बर २०२४ मा अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएयता यात्रु संख्यामा निरन्तर वृद्धि हुँदै आएको छ। नोभेम्बर २०२४ मा ४,२७९, डिसेम्बर २०२४ मा ३,८७८, जनवरी २०२५ मा १,३६५ र फेब्रुअरी २०२५ मा ६,७७९ यात्रु ओहोरदोहोर गरेका छन्। फेब्रुअरी महिनामा यात्रु संख्यामा भएको उल्लेखनीय वृद्धिले भैरहवा विमानस्थलको सम्भावनालाई पुनः बल दिएको देखिन्छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 03, 2026
September 30, 2026
September 30, 2026
September 28, 2026
September 26, 2026
September 25, 2026
September 25, 2026
September 23, 2026
September 23, 2026
September 22, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .