रुद्र अधिकारी बने अरूणोदय माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष

इ चितवन खबर

June 17, 2026

चितवन। भरतपुर महानगरपालिका–६ स्थित अरूणोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रुद्र अधिकारी निर्विरोध रूपमा चयन भएका छन्। विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य शिवप्रसाद लामिछानेको अध्यक्षतामा बसेको बैठकले अधिकारीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको विद्यालय प्रशासनले जनाएको छ।


नवनिर्वाचित अध्यक्ष अधिकारीको नेतृत्वमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विस्तार तथा विद्यार्थीको समग्र विकासमा थप प्रभावकारी कार्य हुने अपेक्षा गरिएको छ। विद्यालयले उहाँको अनुभव, नेतृत्व क्षमता तथा सामाजिक सक्रियताले संस्थाको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।


विद्यालय व्यवस्थापन समितिको बैठकमा विद्यालयको वर्तमान शैक्षिक अवस्था, भौतिक संरचनाको आवश्यकता, शिक्षक–अभिभावक समन्वय तथा विद्यार्थीमैत्री वातावरण निर्माणका विषयमा समेत छलफल भएको जनाइएको छ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

रास्वपा महाधिवेशनः राजनीतिसँगै पर्यटनको सङ्गम बन्दै चितवन

June 17, 2026

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

June 17, 2026

नेपाली औषधि कम्पनी एमडीएच फार्मास्युटिकल्स प्रालिलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

June 17, 2026

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

June 17, 2026

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

June 16, 2026

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

June 16, 2026

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

June 16, 2026

फिफा विश्वकप-२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

June 16, 2026

सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

June 15, 2026

विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

June 14, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .