रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

इ चितवन खबर

June 16, 2026

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयरीका क्रममा सात हजार बढी कुर्सी अट्ने अस्थायी प्रकृतिको सभाहल (डोम) बनाउने काम सुरु भएको छ ।  यही असार ७ देखि ९ गतेसम्म पूर्वी–चितवनको रत्ननगरमा हुने पार्टीको तीनदिने महाधिवेशनका लागि टाँडीस्थित होटल स्टारको सभाकक्षसँगै रहेको खाली जमिनमा बाँसको ‘डोम’ बनाउने काम सुरु भएको हो ।  
 
     
रत्ननगर नगरपालिका–१ स्थित सो होटलको सभाकक्षसँगै रहेको टिनको टहरालाई जोडेर ३२ हजार ४८० स्क्वायर फिटकोे जमिनमा महाधिवेशनस्थल बनाउने काम सुरु भएको हो । रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार सातदेखि आठ हजार कुर्सी अट्ने गरी महाधिवेशनस्थल बनाउने काम धमाधम अघि बढेको छ । डोमको  बीचमा २९ फिट र छेउमा १६ फिट अग्लो हुने गरी संरचना बन्ने छ । माथि त्रिपाल लगाउने र १६ फिट सिदा हुने गरी पानी नचुहिने उच्चस्तरको टेण्ट डोममा राखिने छ ।  
 
    
 नेता गौतमले भन्नुभयो, “महाधिवेशनका लागि आवश्यक अस्थायी प्रकृतिको सभाहल ‘डोम’ बनाउने क्रममा बाँस प्रयोग गरी काम अघि बढिरहेको छ । डोमभित्र ७० वटा ठूला पङ्खा र २० वटा कुलरको व्यवस्था गरिने छ । बाहिरपट्टी टेण्ट राखेर बस्ने ठाउँ बनाउने तयारी गरिएको छ । सँगै रहेको होटल स्टारको ठूलो सभाहललाई  आवश्यकताअनुसार प्रयोग गनेगरी निर्माणसम्बन्धी काम धमाधम अघि बढिरहेको छ ।”
 

उहाँले भन्नुभयो, “महाधिवेशनमा आउने सहभागीका लागि सौराहा, रत्ननगर र भरतपुरका होटलमा अवासको प्रबन्ध गरिने छ । सहुलियत दरमा कोठाको व्यवस्थाका लागि होटल व्यवसायीसँग अनुरोध गरिएको छ । सहभागी स्वयंले खर्च बेहोर्ने गरी कोठाको व्यवस्था मिलाउन लागिएको हो ।”
 

उद्घाटनको दिन नजिक पर्ने टिकौलीचौरमा सवारीसाधन ‘पार्किङ’ गरी त्यहाँबाट अर्को गाडीले कार्यक्रमस्थलसम्म लाने–ल्याउने व्यवस्था मिलाइएको बताउँदै नेता गौतमले  महाधिवेशन उद्घाटन सत्रपछि बिहानदेखि साँझसम्म खानाको व्यवस्था कार्यक्रमस्थलमै गरिएको जानकारी दिनुभयो ।   
 

पार्टीको स्थानीय जिल्ला र नगरकमिटी, जिल्लामा रहेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरुको समन्वयमा महाअधिवेशन तयारीको काम भइरहेको स्पष्ट गर्दै नेता गौतमले महाधिवेशन सम्पन्न गर्न गठित १८ वटा उपसमिति आआफ्नो काममा व्यस्त रहेको बताउनुभयो । 
 

महाधिवेशन तयारीका सन्दर्भमा पार्टीका प्रवक्ता मनिष झाले स्थानीय जिल्ला कमिटीका तर्फबाट तयारीका काम भइरहेको बताउँदै असार २ गते मङ्गलबारदेखि राष्ट्रिय महाधिवेशनको सचिवालय सञ्चालनमा आउने र असार ४ गतेदेखि पार्टीका पदाधिकारी एवं नेताहरु महाधिवेशनस्थलमै रहने जानकारी दिनुभयो ।  
 

पार्टीको उद्घाटन समारोहमा राष्ट्रियस्तरका राजनीतिक पार्टीका प्रमुख र छिमेकी देशका प्रतिनिधिहरूलाई आमन्त्रण गरेको जानकारी दिँदै प्रवक्ता झाले करिब तीन हजार प्रतिनिधि महाधिवेशनमा सहभागी हुने बताउनुभयो ।  
 

उद्घाटनपछि दोस्रो दिन विधानमाथि छलफल भई नयाँ नेतृत्व चयन गरी  तीनदिने महाधिवेशन सम्पन्न हुने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

June 16, 2026

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो

June 12, 2026

कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे

June 11, 2026

रास्वपा नवलपुरको सभापतिमा भण्डारी

June 09, 2026

रास्वपा जिल्ला अधिवेशन : छपन्न जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा

June 08, 2026

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा यादव र भण्डारीसँग सुझाव सङ्कलन

June 04, 2026

रास्वपा महाधिवेशन : सभापति लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन

June 01, 2026

राजनीतिक परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन्, राज्यसत्ताको चरित्र र आचरणमा बदलाब ल्याउनुपर्छ : राष्ट्रपति पौडेल

May 29, 2026

हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो : राष्ट्रपति पौडेल

May 27, 2026

वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

May 26, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .