चिकित्सक  संघका अध्यक्षहरूबारे लेखिएको पुस्तक राष्ट्रपतिद्वारा विमोचन

इ चितवन खबर

March 05, 2025

काठमाडौँ।  नेपाल चिकित्सक संघ स्थापनाकालदेखि हालसम्म नेतृत्व गरेका ३२ अध्यक्षहरूको विषयमा लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’  विमोचन गरिएको छ । 

 

संघ स्थापनाको ७५ वर्षका अवसरमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पुस्तक विमोचन गर्नुभएको हो । पुस्तकमा सङ्घका ३२ अध्यक्षहरूको जीवनी, उहाँहरूले गरेका योगदान, सङ्घर्षलगायत विषय समेटिएका छन् ।त्यस अवसरमा राष्ट्रपति पौडेलले दक्ष एवं विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु र स्तरीय उपचार सेवा थालनी हुनु सुखद् पक्ष रहेको बताउनुभयो । उहाँले आफूले नेपालमै स्तरीय उपचार सेवाको अनुभव गरेको सुनाउनुभयो ।

 

राष्ट्रपति पौडेलले देशमामा पर्याप्त जनशक्ति उत्पादन भए पनि त्यसअनुसार अवसर सिर्जना नभएकामा चिन्ता व्यक्त गरर्नुभयो । “देशमा दक्ष जनशक्ति उत्पादन भइरहेका छन् तर तिनले पर्याप्त अवसर नपाएको गुनासा आइरहेका छन् । त्यसैकारण चिकित्सकहरू विदेशिने क्रम बढ्न थालेको छ । यो चिन्ताको विषय हो । यसलाई रोक्न सम्बद्ध पक्ष गम्भीर बन्नुपर्छ”, उहाँले भन्नुभयो । संघका अध्यक्ष डा अनिल विक्रम कार्कीले चिकित्सक सङ्घसँगै नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने चिकित्सकको सम्मान र स्मरण दुवै हुने गरी पुस्तक प्रकाशन गरिएको बताउनुभयो ।

 

उक्त पुस्तकको सम्पादक प्रवीण ढकालले गर्नुभएको छ । सम्पादक ढकालले पुस्तकले सङ्घको इतिहाससँगै नेपालको चिकित्सा क्षेत्रको इतिहास संरक्षण, विकासक्रम र योगदानलाई अभिलेखीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  यसका साथै नयाँ पुस्ताका चिकित्सकलाई अग्रजहरूले गरेका काम र योगदानका विषयमा जानकारी प्रेरणा मिल्ने बताउनुभयो ।

 

नेपाल चिकित्सक संघ विसं २००७ फागुन २० गते स्थापना भएको हो । वीर अस्पतालमा कार्यरत २० जना चिकित्सकको बैठकले सङ्घको स्थापना गरेका हुन् । सङ्घको पहिलो अध्यक्ष डा सिद्धिमणि आचार्य दीक्षित चयन हुनुभएको थियो । 


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

May 13, 2026

प्रधानमन्त्री सदनबाट बाहिरिनुभएको सम्बन्धमा कांग्रेसले माग्यो जवाफ

May 12, 2026

सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

May 11, 2026

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछ : राष्ट्रपति

May 08, 2026

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

May 07, 2026

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

May 02, 2026

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छ : राष्ट्रपति

April 25, 2026

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति

April 14, 2026

वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

April 13, 2026

संविधानको भावना र जनचाहना बमोजिम काम गर्न राष्ट्रपतिको आग्रह

April 10, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .