पारिजात सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलमा निर्वाचन शिक्षा सम्बन्धी प्रदर्शनात्मक (डेमो) कार्यक्रम सम्पन्न

इ चितवन खबर

June 26, 2026

चितवन । विद्यार्थीहरूमा लोकतान्त्रिक संस्कार, नागरिक उत्तरदायित्व तथा निर्वाचन प्रक्रियाप्रतिको व्यावहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले पारिजात सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल भरतपुर–६, चोकबजारमा निर्वाचन शिक्षा सम्बन्धी प्रदर्शनात्मक (डेमो) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय का प्रतिनिधिहरूले नमुना मतपत्र, मतपेटिका, मतदाता सूची तथा अन्य निर्वाचन सामग्रीको प्रयोग गरी मतदान गर्ने सही प्रक्रिया, मतको गोपनीयता, मतदाताको भूमिका र निष्पक्ष निर्वाचनको महत्वबारे विद्यार्थीहरूलाई व्यावहारिक रूपमा जानकारी गराउनुभएको थियो।

 

कार्यक्रमका क्रममा विद्यार्थीहरूले प्रत्यक्ष रूपमा मतदान प्रक्रियाको अभ्यास गर्दै आफ्ना जिज्ञासाहरू राखेका थिए। निर्वाचनसम्बन्धी व्यवहारिक सिकाइले उनीहरूमा लोकतान्त्रिक मूल्य–मान्यता, जिम्मेवार नागरिकको भूमिका तथा भविष्यमा सचेत मतदाता बन्ने प्रेरणा थपिएको सहभागीहरूले बताएका छन्।
विद्यालय परिवारले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउनुहुने जिल्ला निर्वाचन कार्यालय, भरतपुर, उपस्थित अतिथिहरू, शिक्षक, कर्मचारी, विद्यार्थी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार व्यक्त गरेको छ।

 

विद्यालयले यस्ता शैक्षिक तथा व्यवहारिक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिँदै विद्यार्थीको ज्ञान, सीप र नागरिक चेतनाको विकासमा थप योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .