कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

इ चितवन खबर

July 06, 2026

काठमाडौँ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी साउन ३ गतेसम्मका लागि थप गरेको छ । नेपाली कांग्रेसका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपी नगर, सानेपामा बसेको बैठकले नवीकरण गरी अध्यावधिक गर्न छुट भएका तथा नयाँ क्रियाशील सदस्यताको विवरण अनलाइन माध्यमबाट पार्टीको केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि समयावधि थप गर्ने निर्णय गरेको हो ।

    
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार यसअघि क्रियाशील सदस्यता अध्यावधिक गर्ने समयावधि २०८३ असार २० गतेसम्म तोकिएको थियो । वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यतासम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न हुन बाँकी रहेको, अधिकतम नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना प्रवाहको कार्य जारी रहेको तथा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिबाट प्राप्त सुझावका आधारमा समयावधि थप गरिएको हो ।

    
क्रियाशील सदस्यता अध्यावधिक तथा वितरणका क्रममा कुनै समस्या वा गुनासो आएमा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले सदस्यता व्यवस्थापन केन्द्रीय समितिसमक्ष सिफारिस गर्नसक्ने व्यवस्था गरिएको कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिनुभयो । 

    
उहाँका अनुसार प्राप्त सिफारिसका आधारमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिले आवश्यक निर्णय गरी क्रियाशील सदस्यता अध्यावधिकको व्यवस्था मिलाउने छ । 


# चितवन खबर # राजनीति

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .