डडेल्धुरा पुगेर गृहमन्त्रीले सुरु गरे भूकम्प पीडितलाई लाभग्राही अनुदान हस्तान्तरण

इ चितवन खबर

March 07, 2025

डडेल्धुरा । गृहमन्त्री रमेश लेखकले डेढ बर्षअघि डोटी भूकम्प प्रभावित लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण थालनी गरेका छन् ।


गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेर डडेल्धुराका भूकम्प प्रभावित लाभग्राही अमरगढी नगरपालिका–३ का प्रकाशराज उप्रेतीलाई अनुदान बाफतको पहिलो किस्ता रु ५० हजार हस्तान्तरण गरी सो कार्य आरम्भ गरेका हुन् ।


अनुदान रकम हस्तान्तरणपछि बोल्दै गृहमन्त्री लेखकले डोटी भूकम्पबाट प्रभावित लाभग्राहीहरुको स्थायी आभाव आगामी असार मसान्तभित्र निर्माण गरिसक्न आग्रह गरे । उनले डोटी भूकम्प गएको डेढ बर्षबितिसक्दा पनि पुर्ननिर्माण र प्रवलीकरणमा ढिलाई भएको बताउँदै आफूले बितेको सात महिनामा पुर्ननिर्माणका लागि मापदण्ड, बजेट व्यवस्थापन र कार्यविधि बनाएर पुर्ननिर्माणको कार्य आरम्भ गर्न गइरहेको जानकारी दिए ।


'नीजि आवास निर्माणका लागि डेढ बर्ष बितिसक्दा पनि स्थायी आवास बनाउने प्रवन्ध गर्न सकेको थिएन ।' गृहमन्त्री लेखकले भने, 'अब प्रभावित जिल्लामा पुर्ननिर्माण द्रुत गतिमा गर्न इकाइ कार्यालय नै स्थापना गरेर अघि बढ्ने तयारीका साथ यहाँ आएका हौं ।'


उनले शुक्रबार बझाङ्ग, शनिबार अछाम र जाजरकोटमा आइतबार पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन ईकाइ उद्घाटन गरिने जानकारी दिए । उनले बझाङ्ग, डोटी र डडेल्धुरामा भूकम्प प्रभावित क्षेत्रको विस्तृत क्षतिको आँकलन गरिएको भएपनि जाजरकोटमा क्षति आँकलन गर्न प्राविधिक टोली आवश्यक तालिमसहित खटाइने जानकारी दिए ।


'जाजरकोटमा प्राविधिक टोली तालिम लिएर इकाइ खुलेपछि खटिनेछ ।' उनले भने, 'लाभग्राही छनौट लगायतका विषयमा स्थानीय सरकारको अहम भूमिका रहन्छ ।'

मन्त्री लेखकले भूकम्पपछिको पुर्ननिर्माणमा सहयोग गर्न स्थानीय सरकारसित समेत आग्रह गरे । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भिष्मकुमार भूसालले डोटी भूकम्पबाट नौ हजार चार सयको हाराहारीमा प्रभावितको पहिचान भएको बताउँदै अब पुर्ननिर्माणले गति पाउनेमा जोड दिए ।


'स्थायी आवास निर्माणका लागि रकम वितरणको कार्य थालनी गरेका छौं ।' कार्यकारी प्रमुख डा भूसालले भने, 'प्रारम्भ बिन्दू डडेल्धुराबाट भएको छ ।'
त्यसैगरी डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले डडेल्धुराका विभिन्न पालिकामा गरी भूकम्पपछिको पुर्ननिर्माणमा २६ र प्रवलीकरणमा ५२ गरी ७८ लाभग्राही परिवारलाई सम्बोधन गरिने बताए ।


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

October 01, 2026

अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन : अध्यक्ष ओली

September 30, 2026

कांग्रेस महाधिवेशन तयारी समितिमा दीपक अधिकारीलाई चितवनको सह–संयोजकको जिम्मेवारी

September 26, 2026

दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागिएको हो : कानुनमन्त्री सोबिता गौतम

September 24, 2026

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

September 18, 2026

प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो

September 15, 2026

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

September 14, 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १३ अर्ब २३ करोड रकम मौज्दात

September 11, 2026

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छ : मन्त्री गौतम

September 10, 2026

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको ११३औँ जन्मजयन्ती मनाइँदै

September 09, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .