एलटिके हवेली दरवार भरतपुरमा दिनभर भीड

इ चितवन खबर

March 07, 2025

चितवन ।भरतपुर महानगरपालिका वडा नम्बर ६/१३ मा रहेको लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके) हवेली दरवार चम्पानगरमा आज शुक्रबार भने रौनक फरक बन्यो । दिनभरि यहाँं तनातन भीडले भरिभराउ रहे । यसो हुनुको कारण थियो भक्तपुरको विश्वकर्मा भैल प्याखं (नाच) देखाउनु । भक्तपुर नगरपालिका वडा नं ९ तौलाछेंस्थित भैल प्याखं दिनभर यहाँं देखाइएको थियो ।

 

विश्वकर्मा भैल प्याखं अन्तर्गत पाँंच वटा नाचहरु देखाइएका थिए । भैल प्याखं, लाखे प्याख, कवांचा प्याख, ख्या प्याखं र खिचा प्याखं देखाइएका हुन् । यी सवैलाई सामूहिक रुपमा भैल प्याखं भनिन्छ ।  

 

यी सवै नाचहरुमा घटीमा दुईजनादेखि वढीमा १० जनासम्मको समूह रहेको छ । प्रत्येक कलाकारहरुले छुटाछुटै मुकुण्डो लगाई सामूहिक नाच प्रदर्शन गरेका हुन् । साथै आआफनो पहिरण लगाई उनीहरु नाचमा सहभागी भएका थिए । नाचमा बाजागाजा बजाउने पनि छुटै टोली रहेको थियो ।  

 

प्रदर्शनका लागि भक्तपुरबाट ४९ जना कलाकार तथा बाजागाजाकर्मीहरु मुकुण्डो तथा बाजागाजासहित आवश्यक सामानहरु लिएर विहीबार नै भक्तपुरबाट चितवन पुगेका थिए ।  

 

नाच हेर्नका लागि दिनभर चितवनबासीको भीड लागेको थियो । विशेष गरेर स्कुलका विद्यार्थीहरु नाच हेर्नका लागि पुगेका थिए । आयोजक एलटिके आर्ट्स् एण्ड स्पोट्र्स एकेडेमी (लासा) नेपालले जनाए अनुसार चितवनका झण्डै एक दर्जन स्कुलहरुका एक हजार विद्यार्थीलाई आमन्त्रण गरिएको थियो । उनीहरु सवैलाई प्रवेश निःशुल्क गरिएको थियो । 

 

महाआनन्द महोत्सव २०८१ नामाकरण गरिएको कार्यक्रममा विश्वकर्मा भैल प्याखं खल भक्तपुरको मौलिक बाजा, नृत्य र कलाकारहरुसँंगको महाआनन्द महोत्सव २०८१ नम दिइएको थियो । यस्तोखाले कार्यक्रम चितवनमा पहिलो पटक भएको आयोजकको भनाई छ ।

 

कार्यक्रमको उदघाटन नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति निशा शर्माले गरेकी थिइन् । आयोजक लासा नेपालकी अध्यक्ष सीता गुरुङका अनुसार यसअघि पनि रिसोर्टमा यस्तै यस्तै कार्यक्रम गरिएको भए पनि पूर्ण रुपमा नेवारी संस्कृति बारेमा भएको यो नै पहिलो कार्यक्रम हो । कार्यक्रमपछि सहभागी विद्यार्थीलाई गाईजात्राको अवसरमा नाचिने घिन्तान्गिसी (लठी जुधाएर लेखिने नाच) सिकाउनुका साथै सामूहिक नाच पनि नाचिएको थियो ।

 

भक्तपुरको कला संस्कृतिलाई जर्गेना गर्दै भक्तपुरको नाचलाई देशभरि चिनाउने उद्देश्यले देशविदेशमा यो नाच देखाउँंदै आएको विश्वकर्मा भैल प्याखंका संयोजक विष्णुप्रसाद प्रजापतिले बताए ।

 

भैल प्याखंबारे इतिहास

भैल प्याखं (नाच) पौराणिक साँंस्कृतिक नाच हो । परापूर्वकालमा भादगाउँं (हालको भक्तपुर) मा भूतप्रेत, दैत्य, दानबहरुले अति नै जनताहरुलाई दुख दिने गर्दथ्यो । त्यसपछि जनताहरु राजाकहाँं विन्ती विसाउन पुगेछन् । त्यसपछि राजाले नामुद तान्त्रिकलाई बोलाई क्रोेधरुपी भैरब गण तयार गरी खड्ग समाउन लगाई विभिन्न ताल तथा मुद्रामा नाच सिकाई ती भूतप्रेत दैत्यलाई लखेटेर नास गरी त्यसको खुशियालीमा यो नाचको उत्पती भएको भन्ने जनश्रुती रहेको छ । 

 

यस भैल प्याखंमा मुल पात्र भैल हुने गर्दछ । यसमा भैल, महाकाली, बाराही, देवी, महालक्ष्मी एकएकजना गरी पाँंच जना, बेताल तीन जना, भुचा दुईजना गरी कुल १० जना रहेको जनाइएको छ । 


# चितवन खबर # अर्थ खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .