इ चितवन खबर
August 20, 2026
चितवन।यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा सात हजार कुखुराको शरीरभित्रको रोग पत्ता लगाउन ‘पोष्टमार्टम’ गरेको छ । चितवनसहित १६ जिल्लाका कुखुरापालक किसानका ती कुखुराको पोष्टमार्टम गरी रोग पहिचान गरिएको हो ।
प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार पोष्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएको थियो । प्रयोगशाालाले पोष्टमार्टमबाहेक रोग पहिचानको काम गरेको छ । एक हजार ५०० कुखुराको नमुना परीक्षणका क्रममा कुखुरामा १० रोग देखिएको उहाँले जानकारी दिनुभयो । परीक्षणका क्रममा २२ प्रतिशत कुखुरामा इकोलाई, १३ प्रतिशतमा गम्बारो, नौ प्रतिशतमा कुखुरामा घ्यारघ्यारको रोग (सिआरडी) देखिएको उहाँले बताउनुभयो । ढुसीजन्य रोगका नौ प्रतिशत, सिसिआरडी चार प्रतिशत, साल्मोनेलोसिस तीन दशमलव पाँच प्रतिशतमा देखिएको छ ।
यस्तै, एभिएन ‘इन्फ्लुएन्जा’, कुखुराको हैजा, आइबी र रानीखेतको सङ्क्रमण देखिएको हो । द्रुत परीक्षणका क्रममा २७८ वटा नमुना परीक्षणका क्रममा ४७ वटामा एभीएन इन्फ्लुएन्जा सङ्क्रमण देखिएको छ । एक सय ७६ वटा गम्बारो परीक्षणका क्रममा १०९ मा सङ्क्रमण देखिएको छ । उनान्सय वटाको रानीखेत परीक्षण गर्दा सात वटामा रोग देखिएको छ भने ४६ वटा आइवी परीक्षणका क्रममा दुई वटामा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।
यसैगरी, ३६९ वटाको पिएटी विधिबाट नमुना परीक्षणका क्रममा १२ वटामा साल्मोनेला, ३६० वटा नमुना परीक्षणका क्रममा १६ वटामा माइकोप्लाजमा, १८४ वटाको इलाइजा परीक्षणका क्रममा ३८ वटामा माइकोप्लाजमा र १८४ वटाको परीक्षणका क्रममा ९२ वटामा चिकेन इन्फेक्सस एनेमिया भाइरस (सिआइएभी) सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो । नौ सय वटा कुखुराको नमुना कल्चर गर्दा ७८९ नमुनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकालाई कुन एन्टीबायोटिक प्रयोग गर्ने भन्ने विषयमा जानकारी सेवाग्राहीलाई दिइएको उहाँले बताउनुभयो ।
कुखुराजन्य रोगको सङ्क्रमण रोक्नका लागि जैविक सुरक्षा अपनाउनुपर्ने उहाँको भनाइ छ । जैविक सुरक्षा अपनाउन नसक्दा रोगको जोखिम थपिने उहाँले बताउनुभयो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 20, 2026
August 12, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 07, 2026
August 06, 2026
August 05, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .