इ चितवन खबर
August 20, 2026
चितवन। पर्यटकिय नगर चितवनकी उदियमान गायिका एश्वर्णा श्रेष्ठले गाउनु भएको "जहिले देखि" बाेलकाे गीतको म्युजिक भिडियो एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । ललितपुर स्थित मसला दरबारमा भएको साे कार्यक्रममा सुप्रसिद्द कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रुपमा रहनु भएको थियोे । प्रमुख अतिथि श्रेष्ठले रिमाेटमा थिचेर सार्वजनिक गरिएको साे समारोहमा आफ्नो मन्तव्य राख्ने क्रममा उनले चितवनबाट एउटी गायिकाकाे उदय हुनु सुखद कुरा हाे भन्नु हुँदै यस भिडियोका परिकल्पनाकार एवं निर्माण व्यवस्थापक के बि एस लुभुले म्युजिक भिडियो क्षेत्रमा गरिरहनु भएको याेगदानकाे प्रशंसा गर्नुभयो ।
के बि एस लुभुले स्वागत मन्तव्य राख्नु भएको यस कार्यक्रममा सिने पत्रकार विजयरत्न असंबरेले साे भिडियोकाे समीक्षा गर्नु भएको थियोे । केबिएस प्राेडक्शनहाउसले निर्माण गरेको साे भिडियोकाे सम्पूर्ण कार्य लुभु वेभ म्युजिक ईन्स्टिच्युट एण्ड स्टुडियोमा सम्पन्न भएको थियो । शैलेश श्रेष्ठ लुभुले सम्पादन र छायांकन गर्नु भएको याे भिडियोमा गायिका एश्वर्णा श्रेष्ठकाे साथमा बिकेश महर्जन प्रमुख पात्रका रुपमा र राेजिना नगरकाेटी तथा सरिता तण्डुकारले पनि अभिनय गर्नुभएको छ । याे भिडियो निर्वान मिडियाकाे युट्यबमा सार्वजनिक गरिएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 04, 2026
October 02, 2026
September 26, 2026
September 13, 2026
August 31, 2026
August 25, 2026
August 25, 2026
July 24, 2026
June 24, 2026
June 20, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .