इ चितवन खबर
September 25, 2026
काठमाडौँ। आज विश्व फार्मासिस्ट दिवस । ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ’ भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइँदै छ ।
औषधि उपलब्ध गराउने मात्र होइन, यसको सुरक्षित, सही र उचित प्रयोग सुनिश्चित गर्दे बिरामीलाई आवश्यक जानकारी र परामर्श प्रदान गर्न फर्मासिस्टहरुको भूमिका महत्वपर्ण रहँदै आएको छ ।
दिवसको अवसरमा औषधि व्यवस्था विभागले शुभकामना सन्देश व्यक्त गर्दै फार्मासिस्टको योगदानलाई थप प्रभावकारी बनाउँदै औषधि तथा स्वास्थ्य सेवाको गुणस्तर, सुरक्षा र पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।
विभागका महानिर्देशक भरत भट्टराईले नेपालमा सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधिको पहुँच सुनिश्चित गर्न फार्मासिस्टको भूमिका महत्वपूर्ण रहेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “फार्मासिस्टको ज्ञान, सीप, व्यावसायिक आचरण र सेवामुखी दक्षता निरन्तर अभिवृद्धि गर्नुपर्छ ।” दिवसको अवसरमा विभागले नियामक निकाय, शैक्षिक संस्था, स्वास्थ्य सेवा प्रदायक र सम्बन्धित सरोकारवालाबीच सहकार्य अझ सुदृढ बनाउँदै स्वस्थ तथा समृद्ध समाज निर्माणमा योगदान पुयाउन आह्वानसमेत गरेको छ ।
यसैगरी नेपाल फार्मेसी सङ्घका महासचिव सुवर्ण राज पन्तले फार्मेसी पेशाको मर्यादा, व्यवासायिकता र समग्र विकासका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
September 22, 2026
September 13, 2026
August 22, 2026
August 21, 2026
August 14, 2026
August 06, 2026
August 06, 2026
August 03, 2026
July 31, 2026
July 30, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .