इ चितवन खबर
November 19, 2026
नवलपुर। हुप्सेकोट गाउँपालिकाले विद्यार्थीको पढाइमा भएको क्षतिलाई पूर्ति गर्न भन्दै मंसिर महिनामा आइतबारसमेत विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूलाई बिहिबार पत्राचार गर्दै मंसिर महिनाको आइतबारसमेत विद्यालय सञ्चालन गरी पठनपाठन गर्न अनुरोध गरेको हो । भोटेकोशी बाढीलगायत विभिन्न कारणले पटक पटक विद्यालय बन्द गर्नुपरेको र त्यसको सट्टा बिदा कटौती गरिएको अवस्थामा पनि बालबालिकाको पढाइमा भएको क्षति पूर्ति गर्न थप पाँच दिन विद्यालय सञ्चालन गर्नुपर्ने भएकाले आइतबारसमेत पठनपाठन गर्न भनिएको गाउँपालिकाको पत्रमा उल्लेख छ ।
गाउँपालिकाले बिहिबार जारी गरेको पत्रमा यस महिनाका आइतबारसमेत विद्यालय सञ्चालन तथा पठनपाठनको व्यवस्था मिलाउन आग्रह गरेको हो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
November 19, 2026
November 19, 2026
November 18, 2026
November 18, 2026
November 18, 2026
November 17, 2026
November 17, 2026
November 17, 2026
November 17, 2026
November 16, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .