इ चितवन खबर
February 25, 2025
काठमाडौं। कर्मचारीको काँधमा हात राख्नु अपराध हुन सक्छ ? यो प्रश्न के हो भनी सोच्दै हुनुहुन्छ भने हाम्रो देशमा काँधमा हात राख्नुलाई प्रशंसा मानिन्छ तर तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि न्यूजिल्याण्डका एक मन्त्रीले राजीनामा दिनुपरेको कारण यही थियो । किनभने, उनले एक सरकारी कर्मचारीको काँधमा हात राखिदिए । यसलाई मन्त्रीको अहङ्कार मानेको ठानिए पछि ती मन्त्रीले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएका छन् ।
न्यूजिल्याण्डका वाणिज्य मन्त्री एन्ड्रयु बेलीले गत हप्ता एक कर्मचारी माथि काँधमा हात राखेपछि आलोचनामा परेका थियो । सो कार्यको विरोध यति बलियो भयो कि बेलीले सोमबार उनले आफ्नो मन्त्री पदबाट नै राजीनामा दिन बाध्य भएका छन ।
राजिनामा दिए पछि मन्त्री बेलीले भने, ‘यो घटनाबाट म अत्यन्तै दुखी छु र शिर झुकाएर माफी माग्छु किनभने मैले उत्साहमा उसको अनुमति बिना उसको काँधमा हात राख्न पुगे ।’
क्रिस्टोफर लक्सन सरकारका मन्त्री एन्ड्रयु बेलीले अगाडी भने, ‘म ती कर्मचारीको कामबाट निकै प्रभावित भएँको थिए । खासमा उत्साहका साथ मैले उनको हातमा हात राखेँका हुँ । यो विषयले यति धेरै महत्व पाउँछ भन्ने मलाई थाहा थिएन । तर, जनताको विरोध प्रबल भएकाले अन्ततः मैले राजीनामा दिने निर्णय गरेको छु ।’
राजीनामा पछि प्रधानमन्त्री लक्सनले मन्त्रीले आफ्नो गल्ती स्वीकार गरेको बताएका छन् । उनले भने, ‘अब यसमा राजनीति गर्नुहुँदैन ।’ तर विपक्षी दलमा रहेका मजदुर पार्टीका नेताहरुले पनि सरकारले यस विषयमा गम्भीरतापूर्वक काम नगरेको आरोप लगाएका छन् ।
जब प्रधानमन्त्रीलाई सोधियो कि अब उनले संसदको सदस्यता पनि त्याग्नेछन त ? यसबारे लक्सनले भने, ‘एन्ड्रयु बेलीले राजीनामा दिएर गल्ति स्विकार गरिसकेका छन, अब यो भन्दा अरु के चाहियो र ?’ मन्त्री आफैले यस्तो व्यवहारका लागि उनका सबन्धित परिवारसँग माफी पनि मागेको पनि प्रधानमन्त्री लक्सनले जानकारी दिए ।
मन्त्री बेली पहिलो पटक २०१४ मा न्युजिल्यान्डको संसदमा सत्तारुढ नेश्नल पार्टीबाट सांसदका रूपमा निर्वाचित भएका थिए। २०२३ को उत्तरार्धमा लक्सनको चुनाव पछि उनी वाणिज्य र उपभोक्ता मामिला मन्त्री, साना व्यवसाय र निर्माण मन्त्री र तथ्याङ्क मन्त्री नियुक्त भएका हुन । अहिले यो मन्त्री पद खाली भएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
May 11, 2026
August 30, 2025
August 26, 2025
August 23, 2025
August 13, 2025
August 07, 2025
July 30, 2025
July 21, 2025
June 13, 2025
June 11, 2025
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .