इ चितवन खबर
March 11, 2025
काठमाडौँ । अमेरिकी आर्थिक मन्दीको चिन्ताका कारण विश्वव्यापी शेयर बजारमा गिरावट आएको छ।एसियाली शेयर बजारमा पनि गिरावट आएको छ । यसको कारण प्रमुख कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति रहेको विश्लेषण गरिएको छ ।
सम्भावित आर्थिक मन्दीको चिन्ताको बारेमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले अमेरिकी अर्थतन्त्र संक्रमणको चरणबाट गुज्रिरहेको आसयको अभिव्यक्ति दिएपछि विश्वको शेयर बजारमा उच्च गिरावट देखिएको हो ।
यद्यपि ट्रम्पले अर्थतन्त्रको बारेमा कुनै प्रत्यक्ष टिप्पणी गरेका छैनन् भने उनका शीर्ष अधिकारीहरू र सल्लाहकारहरूले लगानीकर्ताहरूलाई नआत्तिन आग्रह गरेका छन् ।
मंगलबार शेयर बजार खुल्दा जापानको निक्केई २२५ १.७ प्रतिशतले घटेको थियो। दक्षिण कोरियाको स्टक इन्डेक्स कोस्पी १.५ प्रतिशतले र हङकङको ह्याङसेङ इन्डेक्स ०.७ प्रतिशतले घटेको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 12, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 07, 2026
August 06, 2026
August 05, 2026
August 05, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .