इ चितवन खबर
March 22, 2025
चितवन। बि. सं. २०७२ सालको भूकम्पमा रातो स्टिकर टाँसीएको मालपोत कार्यालय भरतपुरको भवन अझै पुनः निर्माण हुन सकेको छैन । यही जोखिम भवनमा वसेर यहाँका कर्मचारीहरुले बार्षिक रु एक अर्ब हाराहारी राजश्व उठाउँदै आएका छन् ।
बाइपास सडक संगै ६ कठ्ठा जमिनमा रहेको जिर्ण भवनमा टिन मुनी अविलेखहरु राखिएका छन् । कार्यालयका प्रमुख रमेश प्रसाद गौतमका अनुसार भूकम्प पछि ठाउँठाउँमा चर्किएकाले भवन प्रयोग गर्दा उच्च जोखिम हुने भन्दै रातो स्टिकर टाँसीएको छ । बि. सं. २०५२ सालमा निर्माण गरिएको यो भवनमा ठाउँठाउँमा टिनले छाएर कार्यालयको काम गरिदैं आएको छ । कार्यालयको नजिकै १७ कठ्ठा जग्गा समेत रहेको छ । सोही जग्गामा नयाँ भवन वनाएर पार्कीङ् सहितको कार्यालय वनाउन पटक÷ पटक भूमि व्यवस्था तथा अभिलेख बिभागमा पठाईएको छ । प्रमुख गौतमले भन्नुभयो “हामीले बिभागमा लेखेर पठाएका छौ । भवन वन्न सकेको छैन ।”
कार्यालयमा ४२ जना कर्मचारी रहेका छन् । चालु आर्थिक वर्षको फागुन मसान्त सम्म रु ८७ करोड ७९ लाख ९० हजार राजश्व संकलन भईसकेको छ । यो अबधिमा २१ हजार ५०१ जनाले सेवा लिई सकेका छन् । भरतपुर महानगरपालिकाका १९ वटा वडा संगै रत्ननगर र कालिका नगरपालिका एबं इच्छाकामना गाउँपालिकाका नागरिकलाई यहाँबाट सेवा दिने गरिएको छ । गौतमका अनुसार एक वर्षमा एक अर्ब भन्दा बढी राजश्व यहाँ संकलन हुन्छ । संकलित राजश्व मध्ये पूजीकर लाभकर वाहेक ६० प्रतिशत स्थानिय तह र ४० प्रतिशत प्रदेशमा जाने गर्दछ । उहाँले भन्नुभयो “हाम्रा अत्यन्तै महत्वपूर्ण अभिलेखहरु भूइको टहरो र छतको टहरोमा राख्न बाध्य छौ ।”पानीले अभिलेख भिज्ने डर संगै सेवाग्राहीको उच्च चाप संग जोखिम भवनमा काम गर्नुपर्दा समस्या भएको उहाँको भनाई छ ।
उच्च सवारी चाप हुने चोकमा कार्यालय रहेको छ । यहाँ आउने सेवाग्राहीले उच्च सवारी चाप भएको सडकको छेउमा पार्कीङ् गर्न बाध्य छन् । उहाँले थप्नुभयो “नयाँ भवन वनाउन सकेमा पार्कीङ्को समस्या हामीलाई हुँदैन ।” भूकम्पका बेला जोखिममा परेका धेरै भवन पुनः निर्माण गरिए पनि यस भवनलाई बनाउने तर्फ सम्बन्धित निकायबाट पहल कदमी नहुँदा सेवाग्राही र उनीहरुका श्रेष्ता समेत जोखिममा परेको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 12, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 07, 2026
August 06, 2026
August 05, 2026
August 05, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .