रेडक्रस चितवन शाखाको ५३ औँ वार्षिक साधारण सभा

इ चितवन खबर

March 30, 2025

चितवन। नेपाल रेडक्रस सोसाइटी चितवन शाखाको ५३ औँ जिल्ला वार्षिक साधारण सभा शाखाका सभापति एवं केन्द्रीय सदस्य हरिप्रसाद पौडेलको सभापतित्व एवम् संघस्य संसद् प्रतिनिधिसभा सदस्य अन्जनी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी, रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, नेरेसो केन्द्रीय सदस्य दिनेश अर्याल, नेरेसो बागमती प्रदेशका महासचिव रामजी पौडेल, नेरेसो धादिङ जिल्ला शाखाका सभापति दुर्लभकुमार तामाङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

उपसभापति रत्नप्रसाद सापकोटाले स्वाग्त मन्तव्य व्यक्त गरेको कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन मन्त्री राममणि खनाल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष विजयराज खनालले प्रस्तुत गरेका थिए । यस्तै, रेडक्रसको सात सिद्धान्त वाचन उपसभापति सिंजना अधिकारीले गरेकी थिइन् । यस वर्ष पूर्व रेडक्रसकर्मीको भूमिकामा रहेर सोसाइटीलाई सेवा पुर्याएका रत्ननगर उपशाखाका सभापति स्व.गोविन्द श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको थियो । यस्तै, नेरेसो पिप्ले उपशाखाका निवर्तमान सभापति रामबहादुर लामिछाने, नेरेसो जगतपुर उपशाखाका पूर्वसभापति पदमप्रसाद भूषाल, नेरेसो अयोध्यापुरी उपशाखाका पूर्वसभापति सूर्यनाथ अधिकारी, नेरेसो वीरेन्द्रनगर उपशाखाका निवर्तमान सभापति हरिशरण डल्लाकोटी, नेरेसो नारायणपुर उपशाखाका डिल्लीराम लामिछाने, नेरेसो गीतानगर उपशाखाका निवर्तमान सभापति डोलनाथ अधिकारी (राम), नेरेसो जुटपानी उपशाखाका पूर्वसभापति लीलाबहादुर गुरूङलाई सम्मान गरिएको थियो ।

 

सोही अवसरमा वार्षिक गतिविधि एवं प्रतिवेदनका आधारमा प्रथम हुने नेपाल रेडक्रस सोसाइटी कृष्णपुर र नारायणपुर उपशाखा, द्वितीय हुने नेपाल रेडक्रस सोसाइटी जुटपानी र चनौली उपशाखा, तृतीय हुने नेपाल रेडक्रस सोसाइटी वीरेन्द्रनगर र कल्याणपुर उपशाखा पुरस्कृत भएका छन् ।

 

यस्तै, जिल्लास्तरीय कार्यक्रम आयोजना गर्ने उपशाखामध्ये, जिल्लास्तरीय नगद तथा भौचर अभिमुखीकरण एवम् लेखा व्यवस्थापन तालिम आयोजक उपशाखा कृष्णपुर, जिल्लास्तरीय उपशाखा गोष्ठी सम्पन्न गर्ने बछ्यौली उपशाखा र सर्कलस्तरीय कार्यक्रम गर्नेमा जिल्लास्तरीय शिक्षकनायक गोष्ठी गर्ने वुद्धशान्ति मावि पिप्लेलाई सम्मान गरिएको थियो ।

 

यसैगरी, जुनियर/युवा सर्कल मूल्याङ्कनमा प्रथम नेयुरेस उषा इङ्लिस बोर्डिङ स्कुल मंगलपुर, द्वितीय नेयुरेस एकता शिशु निकेतन रत्ननगर, तृतीय भद्रकुमारी आधारभूत विद्यालय गुलाफवाग र उत्कृष्ट युवा सर्कलमा नेयुरेस कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर, उत्कृष्ट शिक्षकनायकमा बालकुमारी माविकी मीना अधिकारी, विद्याज्योति इङ्लिस बोर्डिङ स्कुल बरुवाकी शान्ता देवकोटा चौधरी, उत्कृष्ट प्राचार्य/संरक्षकको रुपमा टेकबहादुर श्रेष्ठ ओम शान्ति एकेडेमी भरतपुर, रत्ननगरमा रक्तसञ्चार युनिट स्थापनार्थ रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटा र नेपाल पत्रकार महासंघ चितवनलाई सम्मानीत गरिएको थियो ।

 

सो अवसरमा यसवर्ष उपशाखाहरुको निर्वाचन सम्पन्न गर्नेे निर्वाचन अधिकारीहरु महेश्वर थपलिया, दीपककुमार खड्का, कुमारप्रसाद थपलिया, चन्द्रकान्त न्यौपाने, बालकुमार श्रेष्ठ, वसन्तकुमार पौडेल, रामकृष्ण अधिकारी, जीवाखर ढकाल, हरिराज अर्याल, राजन रेग्मी, राजु खनाल, कुलानन्द भूषाल, नवीनराज तिवारीलाई सम्मान गरिएको छ । जिल्ला शाखाका उपमन्त्री महेश्वर थपलियाले कार्यक्रम सञ्चालन गरेका थिए ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

स्टार्स मन्टेश्वरी एकेडेमी भरतपुरमा ६० खेलाडीको उत्साहपूर्ण सहभागितामा २०८३ को पहिलो ग्रेडिङ टेस्ट हुँदै

August 21, 2026

भरतपुर धाउनुपर्ने बाध्यता हटाउँदै बकुलहर रत्ननगर अस्पताल

August 21, 2026

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

August 20, 2026

सुनचाँदीको मूल्य ह्वात्त बढ्यो

August 20, 2026

संघर्षबाट सफलतासम्म : कल्पना गुरुङको प्रेरणादायी यात्रा

August 19, 2026

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

August 14, 2026

सक्रिय मनसुनः यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

August 13, 2026

ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना

August 12, 2026

शिक्षा, स्वास्थ्य र कृषिका परियोजनामा भारतको ८० करोड सहयोग

August 12, 2026

कालीगण्डकीको कटानले जोखिममा पुल

August 12, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .