भृकुटीमण्डपमा गर्न नदिए पछि राप्रपाकाे सभा अब बल्खुमा हुने

इ चितवन खबर

April 07, 2025

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभा बल्खुमा हुने भएको छ ।आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नु अघि प्रवक्त मोहन श्रेष्ठले यो जानकारी दिएका हुन् ।

 

‘भोलि चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ,’ प्रचार बिभाग प्रमुख श्रेष्ठले भने, ‘प्रशासन  सुरक्षाको कारण देखाउॅदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो ।’

 

उनले अगाडी भने, ‘सरकारको रवैयाबाट बुझौं, हाम्रो आन्दोलनले उचाई लिदैंछ, आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाऔं ।’

 

यता, आजै दिउँसो ३ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा केन्द्रिय कार्यसमितिको बैठक पनि बस्नेछ ।


राप्रपाले यही २६ चैतमा प्रदर्शन र सभा आयोजना गरे पनि प्रशासनले भृकुटीमण्डपमा राप्रपालाई सभा गर्न नदिने भए पछि बल्खुमा गर्ने निर्णय गरेसँगै सो बैठक बोलाइएको हो ।

 

राप्रपाले माग गरेको भृकुटीमण्डपमा जिल्ला प्रशासन कार्यालयले शिक्षक आन्दोलन र अन्य आन्दोलनको कारण देखाउँदै सभा गर्न नदिने जनाउँदै बल्खु वा सिफलमा गर्न बैकल्पिक स्थान तोके पछि राप्रपाले आकस्मिक रूपमा बैठक बोलाएको हो । 

 

बैठकले स्थानिय प्रशासनले भृकुटीमण्डपमा प्रदर्शन गर्ने अनुमति नदिए पछि अब के गर्ने रु भन्ने बारेमा छलफल गर्ने जनाइएको छ ।


# चितवन खबर # राजनीति

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .