इ चितवन खबर
April 11, 2025
चितवन । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनका नेताहरूले समग्र जिल्लाको विकाससम्बन्धी योजना लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् । बिहीबार साँझ भएको भेटमा उनीहरूले चितवनका विभिन्न योजनालाई निरन्तरता दिन र नयाँ योजनामा बजेट विनियोजन गर्न आग्रह गरेका हुन् ।
तत्कालीन, दीर्घकालीन र चालु योजनासम्बन्धी २३ बुँदा मागसहित प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल र एमाले जिल्ला अध्यक्ष कमज पाठकले हस्तान्तरण गरे । उनीहरूले नारायणी, राप्ती, रिउ तटबन्ध, भरतपुर विमानस्थल विस्तार गरी रात्रिकालीन सेवा सञ्चालन, भरतपुर र कालिकामा चक्रपथ निर्माणलाई निरन्तरता दिन माग गरेकी छिन् ।
चितवन जिल्लास्तरीय चक्रपथ, भरतपुर–भण्डारा उत्तराखण्ड सडक, ठोरी–माडी, ध्रुवघाट–घोसरघाट–नारायणी नदी हुँदै नवलपरासी जाने हुलाकी सडक, भण्डारा मलेखु चेपाङ मार्गलगायतमा बजेट विनियोजन गरी अघि बढाउन आग्रह गरिएको कांग्रेस जिल्ला सभापति खनालले बताए ।
उनका अनुसार माडी पर्यटन विकास बोर्ड गठन गरी पर्यटकीय क्षेत्रहरूको विकास, देवघाटधामलाई व्यवस्थित गर्ने, कृषिजन्य वस्तुको भण्डारण र बजारीकरण, भोर्ले–दाहाखानी, उपरदाङगढी सडक, शक्तिखोर औद्योगिक क्षेत्रलगायत क्षेत्रलाई समेटेर बजेट विनियोजन गर्न माग गरिएको छ ।
माडी जाने निकुञ्जभित्रको सडक पक्की गर्न पनि दलहरूले प्रधानमन्त्रीसमक्ष माग गरेका छन् । आठ बुँदे दीर्घकालीन योजना प्रस्तुत गर्दै सप्तगण्डकी बहुउद्देश्यीय परियोजना कार्यान्वयन, त्रिशूली–हुग्दी–शक्तिखोर बहुउद्देश्यीय परियोजना, नारायणगढ–मुग्लिन सडकको वैकल्पिक मार्ग, केरुङ–ठोरी लोकमार्ग, भरतपुर अस्पताललाई मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाउन माग गरिएको एमालेका जिल्ला अध्यक्ष पाठकले उल्लेख गरे ।
माडीको वसन्तपुर बजजारबाट सीधा भारतसँग व्यापारिक नाका कायम गर्न पनि दलहरूले माग गरेका छन् । चितवनमा बहुप्राविधिक शिक्षालय र नवप्रवर्तनका लागि आविश्वास केन्द्रको माग दलहरूले राखेका छन् ।
भेटमा सहभागी कांग्रेस जिल्ला सभापति खनालले प्रधानमन्त्री ओली आफूहरूले पेस गरेका मागमा सकारात्मक भएको बताए । समयमा माग लिएर आएको भन्दै प्रधानमन्त्री ओलीले कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने प्रतिबद्धता जनाएको खनालले जानकारी दिए । भेटका क्रममा चितवनबाट प्रतिनिधित्व गर्ने एमाले र कांग्रेसका जनप्रतिनिधि, केन्द्रीय नेतालगायत सहभागी थिए ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 01, 2026
September 30, 2026
September 26, 2026
September 24, 2026
September 18, 2026
September 15, 2026
September 14, 2026
September 11, 2026
September 10, 2026
September 09, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .