इ चितवन खबर
May 03, 2025
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी चितवनले ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने नारासहित जिल्लास्तरीय आन्दोलनको पहिलो चरण अन्तर्गत चितवन जिल्ला का प्रमुख जिल्ला अधिकारीसमक्ष मागपत्र बुझाएको छ।
पार्टीका जिल्ला अध्यक्ष नरेन्द्रकुमार कन्दङ्वाले प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई बुझाएको १६ बुँदे मागपत्रमा प्रशासनिक, न्यायिक र राजनीतिक क्षेत्रमा मौलाउँदै गएको भ्रष्टाचार तत्काल अन्त्य गर्न आग्रह गरिएको छ।
मागहरू यस्ता छन :
संविधानले प्रत्याभूत गरेका महिला, दलित, अपाङ्गता भएका, अल्पसंख्यक तथा बालबालिकाको हक प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।
कृषकलाई पेन्सन सुविधा, दूध तथा कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण, पकेट क्षेत्र घोषणा तथा वर्षभर सिँचाइको व्यवस्था।
स्थानीय पालिकाद्वारा कृषकको उत्पादनको मूल्य तोकी खरिद गर्ने नीति निर्माण।
सर्वसुलभ बीउबिजन, मल, विद्युत उपलब्ध गराउने र वैज्ञानिक कृषि प्रणाली लागू गर्ने।
रोजगारी प्रवद्र्धनका लागि वैकल्पिक पर्यटकीय मार्ग निर्माण र पर्यटकका लागि आवाजविहीन सवारी प्रयोग गर्ने।
सरकारी कार्यालयमा बिचौलियाको अन्त्य, नागरिक वडापत्रको पूर्ण कार्यान्वयन, र सबै अस्पतालमा स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन लगायतका मागहरु उल्लेख गरिएको थियो।
पोलिटव्युरो सदस्य, जिल्ला इन्चार्ज तथा विभिन्न तह र तप्कामा रहेका उल्लेख्य मात्रामा कार्यकर्ताहरुको उपस्थिती संगै नारा जुलुस सहित जिल्ला प्रशासन कार्यालय हातोभत्र प्रवेश गरी मागपत्र बुझाएको हो । तत्कालै मागहरु पुरा नगरिएमा नेकपा (एस) ले थप चरणको आन्दोलन गर्ने चेतावनी पनि दिएको थियो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 01, 2026
September 30, 2026
September 26, 2026
September 24, 2026
September 18, 2026
September 15, 2026
September 14, 2026
September 11, 2026
September 10, 2026
September 09, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .