भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथी प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

इ चितवन खबर

May 10, 2025

नयाँदिल्ली। भारत र पाकिस्तानबीच जारी तनावको भुमरीमा मनोरञ्जन क्षेत्र पनि परेको हो । किनभने, भारतको केन्द्र सरकारले ठूलो निर्णय गर्दै अब कुनै पनि पाकिस्तानी सामग्री, गीत, पोडकास्ट भारतमा देखाइन पाइने छैन । साथै, सबै ओटीटी प्लेटफर्महरूलाई यसको निर्देशन पनि दिइसकेको छ । जसको मतलब हो, भारतमा पाकिस्तानी सामग्री प्रतिबन्धित गरिएको छ। अब दर्शकले पाकिस्तानी गीत र वेब सिरिज भारतमा भने हेर्न पाउने छैनन् ।


भारतको ‘अपरेशन सिन्दूर’ पछि पाकिस्तान माथी धेरै प्रतिबन्ध लगाउने क्रममा यो नयाँ कदम चालिएको हो । अहिले भारतले छिमेकी मुलुक पाकिस्तानको मनोरञ्जन उद्योगलाई पनि तोडने लक्ष्य राखेको भारतीय समाचार माध्यमले जनाएका छन ।

 

उनीहरूका अनुसार अब सबै प्लेटफर्मबाट पाकिस्तानी सामग्री भारतका लागि कम्तिमा हुने छैनन । न त पाकिस्तानी गीतहरू, न त वेब सिरिज र पाकिस्तानी फिल्महरू नै भारतमा चल्नेछन् । 

 

साथै, यो नयाँ कदम चाल्दै भारत सरकारले सबै ओटीटी प्लेटफर्महरूलाई कडा निर्देशन दिएको छ। यसअघि पहलगाम हमलापछि भारतले धेरै पाकिस्तानी युट्युब च्यानल र सेलिब्रेटीमाथि प्रतिबन्ध लगाएको थियो ।

 

अब यसलाई एक कदम अगाडि बढाउँदै पाकिस्तानी मनोरञ्जन सामग्रीमा पनि प्रतिबन्ध लगाइएको हो । जसका कारण पाकिस्तानी मनोरञ्जन उद्योगलाई गहिरो झट्का लागेको भारतीय मिडियाहरूले दावी गरेका छन् । यी नियमहरू तत्काल प्रभावबाट लागू हुने स्पष्ट निर्देशन पनि दिइएको छ।

 

सन २०२१ को आईटी नियमहरू उल्लेख गर्दै सरकारले भनेको छ कि कुनै पनि सामग्री नदेखाउनु पर्ने कारण निम्न रूपमा उल्लेख गरेको छ ।

– भारतको एकता र अखण्डतालाई हानि पुर्याउँछ

– देशको सुरक्षामा खतरा छ

सरकारले २२ अप्रिल २०२५ मा पहलगाममा हालै भएको आतंकवादी हमला र पाकिस्तानसँग सम्बन्धित संगठनहरूको भूमिकालाई ध्यानमा राखेर यो निर्णय गरेको हो।  यसका कारण, भारतका सबै स्ट्रिमिङ प्लेटफर्महरूलाई पाकिस्तानसँग सम्बन्धित सामग्रीहरू जस्तै चलचित्र, वेब सिरिज, गीत र पोडकास्टहरू, निःशुल्क वा सशुल्क, तत्काल प्रभावबाट हटाउन निर्देशन दिइएको छ। जसले भारतको अन्य देशसँगको सम्बन्ध बिगार्छ । मानिसहरूलाई हिंसामा उत्प्रेरित गर्ने वा समाजमा अशान्ति सिर्जना गर्छ ।
 


# चितवन खबर # प्रविधि

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .