चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

इ चितवन खबर

May 16, 2025

चितवन। जिल्लाको समग्र विकासका लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये चालु आर्थिक वर्षमा जम्मा ४४ दशमलव ८० प्रतिशत मात्र खर्च भएको छ ।  कोष तथा लेखा नियन्त्रण कार्यालयले साउनयता हालसम्म पुँजीगत खर्च रु तीन अर्ब ९६ करोड ७३ लाख ५६ हजार ९२० भएको जनाएको हो ।
 

जिल्लाको समग्र विकासका लागि रु आठ अर्ब ७८ करोड ४४ लाख ११ हजार ६९१ विनियोजन गरिएको थियो । जिल्लाका विकास निर्माण गर्ने आयोजनाले निर्माणको काम गरिरहेको भए पनि भुक्तानी मागको काम आवको अन्त्यमा गर्ने भएकाले पुँजीगत खर्च कम भएको कोष नियन्त्रक ऋषि अधिकारीले जानकारी दिनुभयो । 
 

यो कार्यालयले चालु आवमा चालु खर्च ८० दशमलव २१ प्रतिशत गरेको छ । चालु खर्चका लागि रु १३ अर्ब छ करोड ७१ लाख २४ हजार ९८० विनियोजन गरिएकोमा रु १० अर्ब  ५१ करोड ९५ लाख २० हजार ८१० खर्च भएको छ । 


# चितवन खबर # अर्थ खबर

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .