‘एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ’

इ चितवन खबर

May 19, 2025

लमजुङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले–कांग्रेसको समीकरण आगामी २०८४ को निर्वाचनसम्मै कायम रहने बताउनुभएको छ । 

    
लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला समन्वय समिति लमजुङको सभाहलमा आयोजित एमाले लमजुङको ९औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “देश र जनताको हितका लागि दुई पार्टीको गठबन्धन सरकार बनेको हो । कांग्रेस वा एमालेबाट बेइमान भएमा मात्रै गठबन्धन टुट्ने हो नत्र पूरा अवधिसम्म दुई पार्टीको समीकरण रहन्छ ।”

    
उहाँले सरकार ढल्छ, टिक्दैन भनेर हल्ला फैलाउने गरिएको भन्दै यस्तो कुनै समस्या नरहेको बताउनुभयो ।  “यसअघि पनि पटक/पटक विभिन्न कालखण्डमा कांग्रेस—एमाले मिलेर अघि बढ्दै देशलाई सङ्कटबाट जोगाउने काम गरेका छौँ । यसपटक पनि स्थिर सरकार र विकासको चाहना पूरा गर्न दुई पार्टी एकठाउँमा आएका हौँ, सोहीअनुसार काम गर्नुपर्छ”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो । 


एमाले पार्टीमा निरन्तर क्रियाशील हुने र धर्य गर्न सक्ने क्षमता भएका  व्यक्ति मात्रै टिक्ने भन्दै उहाँले अवसरवादी व्यक्तिहरू अवसरको खोजीमा सबैतिर चाहार्दै हिँड्ने धारणा राख्नुभयो । 

    
वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुक समृद्ध बनाउनका लागि एमालेलाई  निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने र त्यसमा पार्टी नेता, कार्यकर्ताको योगदान जरूरी रहेको बताउनुभयो । 

    
एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घले, गण्डकी प्रदेशसभा सदस्य यशोदा रिमाल, प्रदेश कमिटी सचिव धनञ्जय दवाडीलगायतले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

मतदाता नाम दर्ता तीव्र, दैनिक १२ घण्टासम्म सेवा प्रवाह हुँदै

November 12, 2025

आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्य : प्रधानमन्त्री कार्की

November 09, 2025

प्रधानमन्त्री कार्कीको निर्देशन : सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नुस्

November 03, 2025

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा

November 02, 2025

निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी हुन्छ : प्रधानमन्त्री कार्की

November 01, 2025

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

October 27, 2025

निर्वाचन तयारी : पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

October 24, 2025

नेकपा एमाले चितवनको सदभाव र्याली तथा जागरण अभियान

October 20, 2025

आगजनीमा परेको बीपी स्मृति भवनमा कांग्रेसको बैठक

October 10, 2025

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज २६ मा

September 28, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .