भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न : महानिर्देशक भट्टराई

इ चितवन खबर

May 23, 2025

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भटटराईले भिजिट भिसामा जानेहरु श्रम मन्त्रालय तथा मातहतको विभागहरुको सरोकारको बिषय नरहेको बताएका छन । 

 
शुक्रवार विभाग पुगेका सन्चारकर्मीहरुसँग कुराकानी गर्दै महानिर्देशक भटटराईले भिजिट भिसा लिएर विदेश जानेसँग श्रम मन्त्रालय तथा मातहतका कुनै पनि निकायसँग कुनै पनि सरोकार नरहेको बताएका हुन ।

 

उनलेने भने, ‘भिजिट भिसा लिएर जानेहरुसँग हाम्रो मन्त्रालय र विभागहरुको कुनै पनि सरोकार छैन । त्यो बिषय विशुद्ध अध्यागमनको क्षेत्राधिकारभित्र पर्दछ । हामीले केवल श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेहरुको हकमा मात्रै हाम्रो सरोकार रहन्छ ।’

 

महानिर्देशक भटटराईले श्रम स्वीकृति लिएर जाने कामदारहरुले विभागबाट श्रम स्वीकृति लिन निकै सास्ती भोग्नु परेको अवस्थामा हाल आएर त्यसलाई छिटोछरितो र समस्या रहित श्रम स्वीकृति प्रदान गर्न विभागले तदारुकताका साथ काम अगाडि बढाएको बताए । 

 

‘ वैदेशिक रोजगारका लागि जाने श्रमिकले एप्लाई गरेकै दिन श्रमस्वीकृति प्रदान गर्ने व्यवस्था गरेका छौ । अझै चुस्तदुरुस्त बनाउन प्रयासरत छौ । यसले श्रम स्वीकृतिका लागि काम गरी रहेका विचौलियाहरुको चेन ब्रेक गर्नेछ । हामी व्यापक सुधारका लागि काम गरी रहेका छौं’, उनको भनाई छ । 


सन्चारकर्मीले कोरिया जानेहरुको बिषयमा सोधिइएको एक अर्काे प्रसंगमा महानिर्देशक भटटराईले कोरियाका लागि इ ९ र इ ७ भिसा फरक फरक भएको बताउँदै यसको बिषयमा कोरिया जाने कामदारबीच कुनै पनि दुविधा गर्न नहुने बताए । 


उनले भने, ‘अहिले कतिपयलााई  कोरियाका लागि इ ९ र इ ७ भिसा बारेमा चिन्ता गरेको देखिएको छ । यसमा दुविधा हुनुहुँदैन, यि दुई क्याटोगरीका भिसाहरु फरक किसिमका हुन । दुवै क्याटोगरीमा जान मिल्छ । बरु, उल्टै बढीले कोरिया जाने अवसर प्राप्त गर्नेछ ।इ ९  भिसा कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धीत र जारी गर्नेछ भने इ७ भिसा कोरिया सरकारकै न्याय मन्त्रालयद्धारा जारी गरिने भिसा तथा सम्बन्धीत छन । भखैरै कोरियाबाट आएका प्रतिनीधिसँग हामीले गम्भीरतापूर्वक छलफल गरेका छौं ।’ 

 

महानिर्देशक भटटराईले वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रबिद्धता व्यक्त गर्दै थालिएका सुधारका संकेत सबैले महसुस गरिने विश्वास व्यक्त गरे । 

 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .