भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न : महानिर्देशक भट्टराई

इ चितवन खबर

May 23, 2025

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भटटराईले भिजिट भिसामा जानेहरु श्रम मन्त्रालय तथा मातहतको विभागहरुको सरोकारको बिषय नरहेको बताएका छन । 

 
शुक्रवार विभाग पुगेका सन्चारकर्मीहरुसँग कुराकानी गर्दै महानिर्देशक भटटराईले भिजिट भिसा लिएर विदेश जानेसँग श्रम मन्त्रालय तथा मातहतका कुनै पनि निकायसँग कुनै पनि सरोकार नरहेको बताएका हुन ।

 

उनलेने भने, ‘भिजिट भिसा लिएर जानेहरुसँग हाम्रो मन्त्रालय र विभागहरुको कुनै पनि सरोकार छैन । त्यो बिषय विशुद्ध अध्यागमनको क्षेत्राधिकारभित्र पर्दछ । हामीले केवल श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेहरुको हकमा मात्रै हाम्रो सरोकार रहन्छ ।’

 

महानिर्देशक भटटराईले श्रम स्वीकृति लिएर जाने कामदारहरुले विभागबाट श्रम स्वीकृति लिन निकै सास्ती भोग्नु परेको अवस्थामा हाल आएर त्यसलाई छिटोछरितो र समस्या रहित श्रम स्वीकृति प्रदान गर्न विभागले तदारुकताका साथ काम अगाडि बढाएको बताए । 

 

‘ वैदेशिक रोजगारका लागि जाने श्रमिकले एप्लाई गरेकै दिन श्रमस्वीकृति प्रदान गर्ने व्यवस्था गरेका छौ । अझै चुस्तदुरुस्त बनाउन प्रयासरत छौ । यसले श्रम स्वीकृतिका लागि काम गरी रहेका विचौलियाहरुको चेन ब्रेक गर्नेछ । हामी व्यापक सुधारका लागि काम गरी रहेका छौं’, उनको भनाई छ । 


सन्चारकर्मीले कोरिया जानेहरुको बिषयमा सोधिइएको एक अर्काे प्रसंगमा महानिर्देशक भटटराईले कोरियाका लागि इ ९ र इ ७ भिसा फरक फरक भएको बताउँदै यसको बिषयमा कोरिया जाने कामदारबीच कुनै पनि दुविधा गर्न नहुने बताए । 


उनले भने, ‘अहिले कतिपयलााई  कोरियाका लागि इ ९ र इ ७ भिसा बारेमा चिन्ता गरेको देखिएको छ । यसमा दुविधा हुनुहुँदैन, यि दुई क्याटोगरीका भिसाहरु फरक किसिमका हुन । दुवै क्याटोगरीमा जान मिल्छ । बरु, उल्टै बढीले कोरिया जाने अवसर प्राप्त गर्नेछ ।इ ९  भिसा कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धीत र जारी गर्नेछ भने इ७ भिसा कोरिया सरकारकै न्याय मन्त्रालयद्धारा जारी गरिने भिसा तथा सम्बन्धीत छन । भखैरै कोरियाबाट आएका प्रतिनीधिसँग हामीले गम्भीरतापूर्वक छलफल गरेका छौं ।’ 

 

महानिर्देशक भटटराईले वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रबिद्धता व्यक्त गर्दै थालिएका सुधारका संकेत सबैले महसुस गरिने विश्वास व्यक्त गरे । 

 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

June 16, 2025

भिजिट भिषा प्रकरणमा आफ्नो संलग्नता नरहेको गृहमन्त्रीको जिकिर

June 14, 2025

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार १५ मा बस्ने

June 14, 2025

बागलुङ जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

June 14, 2025

केमिकल हालेकाे आँप हाे कि हाेइन, घरेलु तरिकाले चिन्नुहाेस्

June 14, 2025

सुनचाँदीका मुल्यमा बृद्दी

June 13, 2025

अहमदावाद दुर्घटना, बिमानमा सवारबाहेक थप २४ को मृत्यु भएको पुष्टी

June 13, 2025

सुनको मूल्य निरन्तर उकालोतिर

June 12, 2025

अत्याधिक गर्मीले लु हुनसक्छ, बच्न यो घरेलु उपाय अपनाउनुहोस्

June 12, 2025

काठमाडाै महानगरपालिकाकाे पानीमा काेलिफर्म भेटियाे, सम्झौता खारेज

June 11, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .