क्याची टुर्स एण्ड ट्राभल्समा विशेष छुट सहित टुर प्याकेज सञ्चालनमा

इ चितवन खबर

May 26, 2025

चितवन। चितवनको भरतपुर–१० स्थित सप्तगण्डकीचोकमा सञ्चालनमा रहेको क्याची टुर्स एण्ड ट्राभल्सले विशेष छुटसहितको टुर प्याकेज सञ्चालनमा ल्याएको छ । ट्राभल्सका अध्यक्ष राहुलकुमार सिंहका अनुसार अहिले भारत, दुबई, थाइलेण्ड, भियतनामको टुर्स प्याकेज विशेष छुटका साथ सञ्चालन भइरहेको छ ।

 

विसं २०७४ चैत २२ गते चौबीसकोठीको साङ्घाई प्लाजाबाट सञ्चालन भएको यस टुर्स एण्ड ट्राभल्स विगत पाँच महिना अगाडिदेखि विशेष सेवा सुविधासहित ग्राहकलाई सहज हुने गरी भरतपुर–१० सप्तगण्डकी चोकबाट सञ्चालनमा आइरहेको सिंहले बताउनुभयो । सप्तण्डकीचोकमा विशेष सेवा सुविधा सहित नयाँ अफिस विस्तार गरेको यस क्याची टुर्स एण्ड ट्राभल्सले ग्राहकहरुलाई थप सेवा प्रदान गर्न आफ्नो शाखा कार्यालय विराटनगरमा समेत सुरु गरेको अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

 

अन्तर्राष्ट्रिय हवाइ टिकटको लागि भरपर्दो संस्थाको रुपमा रहेको यस ट्राभल्सबाट बिगत ८ बर्षदेखि विभिन्न टुरका प्याकेजसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ टिकट एवम् देशभर जानका लागि सबै प्रकारका गाडीहरु भाडामा उपलब्ध हुँदै आएको छ । अध्यक्ष सिंहले टुरिस्ट भिसामा विदेश घुम्न जाने यात्रुका लागि भिसा प्रोसेसिङको काम आफूहरुले गर्दै आएको बताउनुभयो । उहाँकाअनुसार यय क्याची टुर्स एण्ड ट्राभल्सबाट सम्पूर्ण देशहरुको भिसा प्रोसेसिङ सहज र सुलभ मूल्यमा गरिँदै आएको छ । 

 

ट्राभल्सले चाडपर्व लक्षित विभिन्न टुर प्याकेजसमेत सञ्चालन गरेको भन्दै अध्यक्ष सिंहले नेपालभर जुनसुकै ठाउँका लागि पनि टुर प्याकेज प्रदान गरिने बताउनुभयो । यस ट्राभल्सबाट सेवा लिने सेवाग्राहीहरु सन्तुष्ट भएर पुनः आफूलाई सम्पर्क गर्ने गरेको सिंहको भनाइ छ ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( १००% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .