राजतन्त्र देखेकै हो, मौका पाउनासाथ जनतालाई अधिकारविहिन बनाउँछ : उपप्रधानमन्त्री सिंह

इ चितवन खबर

May 28, 2025

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजतन्त्रले मोका पाउनासाथ जनतालाई अधिकारविहिन बनाउने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अगाडी बढ्नुको विकल्प नभएको बताएका छन । 


बुधबार काठमाडौंमा गणतन्त्र दिवसको अवसर पारेर आयोजित ‘लोकतान्त्रिक आन्दोलन र तीर्थराम डंगोल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुादै उहाँले अहिले राजतन्त्र पुनस्थापनापक्षधरले गरिररहेको आन्दोलनतर्फ लक्षित गर्दै उनले राजतन्त्रबाट केही नहुने बताएका हुन । 

 

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कसैको दयामायाले नभई जनताको संघर्षबाट प्राप्त भएको बताए ।  ‘राजतन्त्र देखेकै हो । संवैधानिक राजतन्त्र पनि । मौका पाउनासाथ जनतालाई अधिकारविहिन बनाउने बाहेक केही पनि हुादैन । संघीय लोकतान्त्रिक गणतन्त्रमै जनताको हित हुन्छ । यसैलाई विकास गरे संस्थागत गरेर अगाडी जानुको अरु कुनै विकल्प छैन,’ उपप्रधानमन्त्री सिंहले भने ।

 

जनताले लामो संघर्षबाट प्राप्त गरेको अधिकारलाई नजरअन्दाज गर्न नहुने भन्दै उनले अधिकारसँगै जिम्मेवारीप्रति पनि सचेत हुनुपर्नेमा जोड दिए । ‘तपाईं हाम्रो काँधमा आएको चुनौतिलाई सामना गर्दै  ०७२ सालमा जारी भएको संविधानलाई संस्थागत रुपमा अगाडी बढाएर राजनीतिक स्थिरताको आधारमा आम नेपाली जनताले चाहेको हरेकको जीवन र जिविकोपार्जन सहज होस् भन्ने चाहना पूरा गर्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘यो गर्न सक्यौ भने तीर्थराम दाईसहित लोकतान्त्रिक आनदोलनमा योगदान गर्नेहरुप्रति उच्च सम्मान हुन्छ । त्यसका लागि राजनीतिक स्थिरताको जगमा आर्थीक समृद्धिमा अब ध्यान दिनुपर्छ ।’

 

नेपाली कांग्रेसका पूर्वमहामन्त्री समेत रहनुभएका सिंहले प्रजातन्त्र पुनस्थापनापछि पूर्वाधारको विकासमा धेरै काम भएको दाबी गरे । ०४८ साल अगाडी काठमाडौंमै विकासको अवस्था कमजोर रहेको भन्दै कुनै योगदान नगरेका र सामाजिक सञ्जालबाट उदाएका पार्टीहरुले केही पनि भएन भनेर झुटको खेती गरिररहेको बताए । 

 

‘०४८ सालमा म काठमाडौं ४ बाट उठ्दा यहाँको हालत के थियो ? मानिसहरुले मुस्किलले जुत्ता लाउन पाउँथे । खानेपानीको सुविधा थिएन । बाटोघाटो थिएन । राजधानीको हलत त्यस्तो थियो,’ उनले भने,  ‘अहिले अवस्था धेरै फरक भएको छ । तर, पनि केही भएन, केही भएन भन्छन् । सिन्को नभाँचेका, केही योगदान नगरेकाहरु केही भएन भन्दै हामी गछौं भनेर आउँछन् । के यो सम्भव छ ? नेपाली कांग्रेसजस्तो एकपछि अर्को परिक्षा पास गरेको पार्टीलाई त जनताले प्रश्न गर्छ भने केही गर्दै नगरेको, सामाजिक सञ्जालको माध्यमबाट आएकाहरुले सही अर्थमा गर्न सक्छन् ?’
 

 


# चितवन खबर # राजनीति

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .