इ चितवन खबर
May 31, 2025
काठमाडौं। हालसालै बढुवा भएका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा तथा व्यवस्थापन गरिएको छ। प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले शुक्रबार हालै बढुवा भएका डिआइजीहरूको सरुवा गरेको हो।
सरुवा अनुसार सुदर्शन कोइराला विशेष ब्युरोमा पदस्थापन भएका छन्। विनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ। यस्तै, दीपेन्द्र जिसी क्षेत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ। दीपक रेग्मीको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय, माधव श्रेष्ठको कर्णाली प्रदेश कार्यालय सुर्खेत सरुवा भएको छ।
दिलीपसिंह देउवाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, दीपककुमार बस्नेतको प्रदेश समन्वय विभाग, ओमबहादुर रानाको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जयराज सापकोटाको कार्य विभाग, सञ्जीव शर्मा दासको अपराध अनुसन्धान विभाग र सुरेन्द्र गुरुङको प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा भएको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 21, 2026
August 20, 2026
August 20, 2026
August 19, 2026
August 14, 2026
August 13, 2026
August 12, 2026
August 12, 2026
August 12, 2026
August 10, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .