इ चितवन खबर
June 02, 2025
चितवन । चितवनको भरतपुर महागरपालिका वडा नम्बर ८ का पूर्ववडाध्यक्ष नारायणप्रसाद कँडेल पछिल्लो समय सामाजिक अभियान्ताको रुपमा देखिनु भएको छ । विसं २०४३ र २०५४ मा वडा नम्बर ८ को वडाध्यक्ष भइसक्नु भएका कँडेल हाल अमेरिकाको डालास, टेक्सासमा बस्दै आउनु भएको छ ।
सामाजिक अभियान्ताको रुपमा कँडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा रहेर काम गर्दै आउनु भएको छ । उहाँ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वयन परिषद् अमेरिकाको २०२१–२०२३ निर्वाचित सदस्य समेत हुनुहुन्छ । एनआरएनको अभियन्ताको रुपमा रहनु भएका कँडेल लायन्स क्लब अफ चितवनको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।
उहाँ नेपाल र अमेरिकामा रहेका विभिन्न सामाजिक संघ/संस्थाहरूको आजीवन सदस्य मात्रै नभइ सफ व्यवसायीको रुपमा समेत परिचय बनाउनु भएको छ । अमेरिकामा रहेको गोर्खा बार एण्ड ग्रृल डालस अमेरिकाको सञ्चालक, सन् २०२४–२०२७ का लागि नेपाल रियल स्टेट विकास फन्ड अमेरिकाको सञ्चालक समेत हुनुहुन्छ । चितवनको भरतपुरमा रहेको चितवन हस्पिटल प्रा.लिको समेत सञ्चालक हुनुहुन्छ ।
नेपाल माइनिङ्ग कम्पनी प्रा.लि काठमाडौँको सदस्य रहनु भएको कँडेलको अमेरिकामा रहेका विभिन्न संस्थामा राजनीतिक आबद्धता पनि रहेको छ । जन प्रगतिशील मञ्च अमेरिकाको सन् २०१९–२०२१ को अध्यक्ष हुनु भएका कँडेल प्रवास समन्वय समितिको सदस्य हुनुहुन्छ । उहाँ सन् २०२४ का लागि अन्तर महादेशीय प्रवास प्रदेश संगठन समितिको उपसंयोजक तथा अमेरिकाको इन्चार्ज भएर काम गरिसक्नुभएको छ ।
Happy ( ८३.३३% )
Sad ( ०% )
Surprised ( १६.६७% )
Excited ( ०% )
Angry ( ०% )
August 21, 2026
August 20, 2026
August 20, 2026
August 19, 2026
August 14, 2026
August 13, 2026
August 12, 2026
August 12, 2026
August 12, 2026
August 10, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .