इ चितवन खबर
June 02, 2025
चितवन । आम संचार क्षेत्रमा हामीले आफ्नो अभाव महसुश गरी भिन्न तरिकाले पत्रकारितालाई अगाडि बढाउने दृढ आत्मविश्वासका साथ वि.सं. २०६७ जेठ २० गते स्थापना भयौँ ।
चौधौं वर्ष सफलतापूर्वक पार गरी पन्ध्रौं वर्षमा प्रवेश गर्न पाएकोमा देश–विदेशमा रहनुहुने आम पाठकवर्ग, विज्ञापनदाता तथा शुभचिन्तक महानुभावहरुमा कृतज्ञ छौँ । यहाँहरुको साथ, सहयोग सल्लाह र सुझावका कारणले नै हामी यो स्थानसम्म पुगेका छौँ । हामी अझै पुग्नु छ धेरै माथि । आशा छ यो साथ, सहयोग निरन्तर रहिरहने छ । हामीले हाम्रो स्थापना मात्र ठूलो कुरा होइन भन्ने कुरा राम्रो सँग बुझेका थियौँ । हामीबाट आम पाठक तथा सर्वसाधारणले ठूलो आशा, भरोसा राख्नु भएको कुरा आत्मसाथ थियो । सोही बमोजिम अघि बढ्ने सङ्कल्प हामीले गयौँ ।
कुनै ठाउँमा कलम बलियो छ भने त्यो हो पत्रकारिता । बलियो छ भन्दैमा त्यसको गलत प्रयोग गर्नु पनि त उचित होइन । त्यसलाई हामीले राम्ररी मनन गरेर अगाडि बढ्ने प्रयास गयौँ । “निष्पक्ष, तटस्थ र खोजमूलक समाचार सन्देशको संवाहक’ भन्ने मूलमन्त्र सहित पत्रकारितालाई अगाडि बढायौ । चितवनको पहिलो र एकमात्र रंगिन राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाको रूपमा चितवनको आम सञ्चार माध्यमको रूपमा स्थापित भयौँ । हामीले पत्रकारितासँगै एक सञ्चार माध्यमले समाजका दीन–दुःखीहरूलाई सहयोग गर्नुपर्छ भन्ने सन्देश समाजसेवाको माध्यमबाट देखायौँ पनि । समाजसेवाको क्षेत्रमा हामीले गरेको त्यो सानो प्रयास समाज र आम सञ्चार माध्यममा प्रेरणाको स्रोत बन्ने विश्वास लिएका छौँ । समाजसेवाका कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तर रूपमा गरिनै रहने छौँ ।
राज्यको चौथो अङ्गको रूपमा स्थापित पत्रकारिता लुकेर बसेका घटनाको खोजी गर्ने, समाजमा रहेका विकृति, विसङ्गति, भ्रष्टाचारको अन्त्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । स्वास्थ्य सन्देशको माध्यमबाट स्वस्थ समाजको निर्माणमा पनि यसको महत्व छ । मुलुकको आर्थिक समृद्धिका लागि सञ्चार क्षेत्रको विकास आवश्यक छ । आम पाठकलाई कुना–काप्चामा जानकारी दिन प्रभावकारी सञ्चार क्षेत्र आवश्यक छ । त्यसको लागि चितवन खबर पत्रिका सदैव प्रतिवद्ध छौं ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
July 01, 2026
July 01, 2026
June 30, 2026
June 30, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .