इ चितवन खबर
June 03, 2025
चितवन। चितवनमा मुख्य कार्यालय रहेर स्थापना भएको मोफसल कै चर्चित रंगिन पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले चौधौं वर्ष पार गरी पन्ध्रौं वर्षमा प्रवेश गरेको छ । चौधौं वर्ष यसले कसरी पुरा गर्यो पत्तै भएन ।
चितवन र त्यस आसपासका जिल्लाहरुमा पाठकबृन्दको माया र ममताले हामी मौलायौं, फल्यौ र फूल्यौं । अझ बदलिंदो परिवेश सँगै हामीले इन्टरनेटको माध्यमबाट विदेशमा रहेर नेपाललाई माया गर्ने हाम्रा आदरणीय पाठकबृन्दलाई पनि सेवा पुर्यायौं र उहाँहरुको माया ममता सदैव हामी माझ नै रहिरह्यो । सबै पाठकबृन्द, विज्ञापनदाता तथा शुभचिन्तकहरुको माया ममताले गर्दा हामी आज चौधौं बसन्तपार गरी पन्ध्रौं बसन्तको सुरुवात गर्दैछौं । हामीले पत्रिकाको प्रकाशनकै क्रममा प्रतिबद्धता पुरा गरेको अनुभव गरेका छौं ।
पत्रकारिता एउटा गहन बिषय हो यसको व्याख्या गरिरहनु पर्दैन तर वर्तमान व्यस्त जीवनमा पनि पत्रकारितालाई अंगालेर यसलाई निरन्तरता दिनु चाहीं व्याख्याको बिषय बन्न सक्दछ । नेपालमा पत्रकारिताको क्षेत्रमा सक्रिय चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिकका सम्पादक इन्दिरा पन्त, महाप्रबन्धक हरि कार्की “लक्की“ र प्रमुख व्यवस्थापक रवि समशेर थापालगायत विभिन्न जिल्लामा रहेर समाचारको क्षेत्रबाट सहयोग गर्ने संवाददाता तथा वरिष्ठ सल्लाहकार, सल्लाहकारहरुलाई धन्याबाद ज्ञापन गर्दछौं । जसले आज पत्रिकाको निरन्तरता र संबृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।
पछिल्लो समयमा स्थापना भएर पनि तपाई पाठकहरुको मन जित्न सकेकोमा हामी गौरवान्वित भएका छौं । हरेक समय इमेल तथा अन्य सामाजिक सञ्जालका माध्यमबाट प्राप्त सुझाव सल्लाह र गालीले हामीलाई उर्जा दिएको छ । यति छोटो समयमा यसरी यसले आफ्नो पाठक पाइएला भन्ने सोच हामीले स्थापना गर्दा बनाएका थिएनौ । तर आज यसको ख्याती देखेर हामीलाई लागेको छ कान्छो रुपमा आएर यसले नेपाली भाषा पत्रकारितामा देखिएको अपूर्णतालाई अवश्य पुरा गरेको छ । सबैलाई थाहा नै छ हामी जो यस पत्रिकाको परिवारमा रहेर सेवा गरिरहेका छौ । यो व्यस्त जीवन बिहान काममा जाउ बेलुका घर आउ अनि पाठकहरुले पठाएका पत्रहरु खोलेर हेर, समाचार बनाउ अझै व्यस्त भइदो रहेछ । तर त्यसरी व्यस्त हुँदा पनि आफ्नो उद्देश्यका लागि न त थकावट न त अप्ठ्यारो महशुस हुदो रहेछ । बरु आम पाठकहरुले पठाएका पत्र पढेर कतिखेर मन रोमाञ्चित हुने र कति खेर निरास हुने अवस्था आउदा समय बितेको पत्तै भएन र आज यही रितले चौधौं वर्ष पुरा भएको छ । छापा माध्यममा काम गरेको यो परिवारले थप जिम्मेवारीपनको महशुस गरेका छौं ।
निष्पक्ष, तटस्थ र खोजमूलक ताजा समाचार छिनछिनमा प्रकाशित भइरहेको अवस्थामा त्यही अनुरुप आफू पनि हिड्नु पर्ने चूनौतीले भने पक्कै थिच्दो रहेछ र त्यो चूनौतीलाई कम्मर कसेर सामना गरिएको हुनाले आज चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिकले यति धेरै पाठक बनाउन सफल भएको छ । आरोह अवरोह पुरा गर्दै चौधौंैँ वर्ष कट्यो, यो अवधीमा हामीले यसलाई अझ परिमार्जित गरेर अगाडि बढाउने प्रयत्न गरेका छौं । हामी हाम्रो पाठकहरुको न्यानो मायाको अप्रेक्षा गर्दै सबैलाई आ–आफ्नो क्षेत्रमा भए गरेका गतिविधिलाई पठाउन समेत आग्रह गर्दछौ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 19, 2026
August 14, 2026
August 13, 2026
August 12, 2026
August 12, 2026
August 12, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .