इ चितवन खबर
June 03, 2025
चितवन । चितवनमा रहेका दर्जनौ पत्रिकाहरुका माझमा नाम कमाउन खोज्नु त्यति सजिलो कुरा थिएन । तर पनि चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले त्यो सफलता चुमेरै छोड्यो । चितवनमा धेरै पत्रिकाको उदय भयो र विलन पनि । चितवनमा पत्रिका खुल्ने र बन्द हुने क्रम चलिरहदा केहि त्यस्ता पत्रिकाले नाम कमाए जसले निरन्तर मिहिनेत र लगनशिल बनेर लागिरहेका थिए । तिनै सञ्चार माध्यमको भिडमा खुलेको चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिका गौरवमय पन्ध्रौं वर्षमा प्रवेश गरेको छ ।
स्थापनाकालको छोटो समयमा नै समाजसेवाको माध्यमबाट पाठक, विज्ञापनदाता लगायत शुभचिन्तक माझ लोकप्रिय बन्न सफल मोफसल कै चर्चित रंगिन पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिका पन्ध्रौं वसन्तसम्म आईपुग्दा निष्पक्ष, तटस्थ र खोजमूलक समाचार प्रकाशन गर्दै आएको छ । निष्पक्ष, तटस्थ र खोजमूलक समाचार सन्देशको संवाहक भन्ने मूल नाराका साथ शुरु गरिएको चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिका पाठकको चाहना अनुरुप नै साताको दुई पटक सोमबार र शुक्रबार प्रकाशन हुदै आईरहेको छ ।
स्थापनाकालमा साप्ताहिक रुपमा प्रकशित हुदै आएको चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिका पाठकको चाहना अनुरुप नै २०६९ सालदेखि राष्ट्रिय अर्ध साप्ताहिक रुपमा प्रकाशन हुदै आएको हो । समाजका विकृति, विसंगति, अनि कु–संस्कार अन्त्यसंगै सकरात्मक समाज निर्माणको मिसन लिएर अगाडि बढेको पत्रिकाले पाठकको सल्लाह सुझावलाई नै निकै महत्व दिने गरेको छ । चितवनको भरतपुरबाट पाठकहरुलाई सुशुचित पार्दै आएको चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले स्थापनाकालको छोटो समयमा नै पाठकवर्गहरुमा छुट्टै किसिमको पहिचान दिन सफल भएको छ ।
स्थानीयदेखि राष्ट्रियस्तरका हरेक सवालहरुलाई प्राथमिकतामा राख्दै खोजमूलक ताजा जानकारी पाठकमाझ पुर्याईरहेको चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले पाठकहरुकै चाहना अनुसार परिमार्जित रुपमा प्रकाशित हुदै आएको छ । सातामा दुई पटक ताजा र खोजमूलक सूचना र जानकारीसंगै परिवार, टोल, छर–छिमेक, गाउ, वस्ती, समाज हुदै राष्ट्रका हरेक विषयलाई परिर्वतनको बाटो देखाउन अझै धारिलो भएर लाग्ने पत्रिकाका सम्पादक इन्दिरा पन्तले बताउनु भएको छ ।
पत्रिकाले हाल आईस ब्रेक, रोचक जानकारी, यौनका कुरा, प्रेमका कुरा, जनताको सरोकार मेरो विचार, स्वास्थ्य सरोकार, कलाकारसँग चितवन खबर, व्यवसायिक वार्ता, कस्तो अचम्म, जिन्दगीका पलहरु, सुन्दरताको रहस्य, ज्ञान विज्ञान, आईटी खबर, खेलकुद गतिविधि, सिने संसार, झट्का, डाक्टर सँग चितवन खबर, साहित्य सिर्जना जस्ता विषयवस्तरलाई स्तम्भका रुपमा प्रकाशन गर्दै आएको छ । हाम्रो अर्को पाटो सामाजिक उत्तरदायित्वका लागि समुदायको भित्री तहसम्म पुग्ने र आवश्यक परेको ठाउँमा वकालत, दवाव तथा समन्वय गर्ने कार्यमा हामी निरन्तर लागिपरेका छौं । भनिन्छ, सूचना भनेको केही वस्तु बारे केही सिक्नु, जान्नु अथवा बुझ्नु हो । निष्पक्ष, तटस्थ र खोजमूलक समाचार सन्देशको संवाहक भन्ने मूल नाराका साथ शुरु गरिएको चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाको सामाजिक रुपान्तरणमा हाम्रो अभियान जारी छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 19, 2026
August 14, 2026
August 13, 2026
August 12, 2026
August 12, 2026
August 12, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .